बाल कविता : भाइ

~विनोद न्यौपाने~Binod Neupane

सानो भाइ मेरो अब ठूलो भएछ
ताते ताते गरी गरी हिड्न थालेछ ।
सक्ने जति सबै सामान बोकी बोकी हिँड्छ
गुन गुन गर्देै हिँड्छ, के के भन्छ भन्छ ।

मुसे दाँत देखाई देखाई, घरि घरि हाँस्छ
घुमी घुमी आउँदै कैले मेरो कपाल तान्छ ।
सोफा माथि बस्छ कैले, कैले भूइँमै बस्छ
मेरो भाइ सारै राम्रो, भुल्न कस्ले सक्छ ?

(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक ३, नोभेम्बर २०१३)

This entry was posted in बाल कविता and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *