बाल कविता : हाम्री छोरी

~दिव्या बज्राचार्य~Divya Bajracharya

नीलो ज्याकेटमा सजिएकी छोरी
रातो रीवन बाटीएकी छोरी
आँखामा गाजल लेपिएकी छोरी
ओठ फुटेपनि त्यत्तिकै राम्री छोरी

सेतो फ्रक औधी सुहाएकी
कालो जुत्ता टल्केको लगाएकी
भर्खर नाक आफै धोएकी
स्कूल जान्छु भनी चाँडै टम्सेकी

रंगी विरंगी क्लीप लगाउँकी
इन्द्रेणि फ्रकमा बुरुक्क उफ्रेकी
हसाँउन उल्टो जुत्ता लगाएकी
घुम्न जानको लागी अगाडी लम्केकी

सफासुग्घर मनपराउने छोरी
नाचगाँनमा संधै रमाउने छोरी
होमवोर्क आफै सकाउने छोरी
घरलाई स्वर्ग बनाउने छोरी

–दिव्या बज्राचार्य

(स्रोत : केटाकेटीअनलाईन डट कम)

This entry was posted in बाल कविता and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *