कविता : आबेग

~सोम खनाल~som-khanal

गजल, गीत, कबिता केही लेख्दिन
आज यौटा अठोट लेख्छु
लेख्दिन दया\अभिलाषाका याचनाहरू
आज बिपद र क्रोध लेख्छु ।

हेर्दिन बगैचामा फूलहरू
छुदिन घण्ट र त्रीशूलहरू
सुन्दिन कुनै आग्याहरू
तोडिदिन्छु सबै प्रतिग्याहरू ।

शीतल शिर्षीरे बतास हुईन
गडगड गडगडाउने गर्जन हु आज
बर्षन्छु, बग्छु र बाष्पिकरण हुन्छु
निर्भयी, निसंकोच, निर्जन हुं आज ।

उर्लन्छु उठ्छु र उडिदिन्छु
प्रलय हू र प्रकोप हु आज
कही किनारा केही राख्दिन
उत्पात, उछाल, सुनामी हु आज ।”

नियन्त्रणको पर्खाल तोड्न
यस्तै यस्तै सोच्दछु कहिले
अनियन्त्रणको क्रुरता देखेर
फेरि नियन्त्रणको शरण पर्छु ।

आफ्नै दयाले ऐना हेर्छु
सान्त्वना खातिर कबिता केर्छु
कसो बगिन, कसो चुकिन,
ढुक्क मनले निश्वास फेर्छु ।

भावाबेशको अंश यो लेख्दा
आफै भित्रको दानव देख्दा
घरी घरि हास्छु मख्ख परेर
घरी घरी सोच्छु छक्क परेर ।।

April 26, 2013

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.