आचार्य प्रभाका बाह्र हाइकुहरु

~आचार्य प्रभा~acharya Prabha

मनमा रोपेँ
मेहेनतले माया
ढुङ्गा फलेछ ।

ऊ बर्षियो र
आवेशमा म पनि
निथ्रुक्क भिजेँ ।

नेताको बोली
भालुलाई पुराण
जनता लट्ठ ।

बगैंचा माली
फूलको सौन्दर्यमा
अनभिज्ञ छ ।

अरुको अर्ती
तितो लाग्दछ
बिषालु मनै ।

स्वादे जिब्रोमा
करेला झोल
मनमा तितो ।

रुखो मुढामा
सुनाखरी हाँस्दछ
इेच्छा बिपरित् ।

बसन्त ऋतु
ओइेलाए फूल की
तातो श्वासहरुले ।

फुलेछ फूल
सौन्दर्यको लोभले
भँमरा लट्ठ ।

काँढाबिच पो
हाँस्दछ मीठो फल
ऐँसेलु हेर ।

बर्षा मौसम
पानीको रजाइँमा
बाढि उर्लन्छ ।

झुकेछ ब्रिक्ष
फलको बोझ बोक्दै
आफु त रित्तै ।

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.