कविता : देश ICU मा

~आषिश श्रेष्ठ~Ashish Shrestha

चुरोट बिडी नपिउने देशलाई,
क्यान्सर पो लाग्या छ ।।
पुस्तौ-पुस्ता देखि लाग्या दम,
केही पर पो भाग्या छ ।।

पटक पटक ICU मा
राखी सकियो देशलाई ।।
साम-दाम सबै डाक्टर र बैधहरुलाई,
दण्ड सदा झै निमुखा जनतालाई ।।

जनता आभबै-अभाब को
लाइन बस्दा-बस्दै पो थाक्या छ ।।
६०१ वटा टियुमरहरु,
भित्र देखिनै पो पक्या छ ।।

पशुपतिमा डामेर छाडेकाहरुले,
देश हाक्छु भनि पो लाग्या छ ।।
यनीहरुलाई भनि आयका
यमराज डर मानी पो भाग्या छ ।।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.