गजल : छातीभरि देश दुख्छ

~दिवाकर स्वप्नील~Diwakar Swapneel

संविधान सभा ढल्यो छातीभरि देश दुख्छ ।
नेपालीको स्वप्न जल्यो छातीभरि देश दुख्छ ।

एक चोक्टो शिद्रामा नी बिरालोको सधैँ द्वन्द्व…
आफ्नै बाह्र टक्का चल्यो छातीभरि देश दुख्छ ।

सर्पको त्यो मुखभित्र भ्यागुतोको चाल जस्तो…
गिदी भित्र लिदी फल्यो छातीभरि देश दुख्छ ।

पलाँसका ठूटा थिए फूल सोच्नु भयो भूल…
अग्रगामी दाँत् ले छल्यो छातीभरि देश दुख्छ ।

बुझे हुन्छ अब आफै सिङ जुरो हुन्न कतै…
हात पाउ शीर गल्यो छातीभरि देश दुख्छ ।

चारपाने , झापा ।
swapneeldiwakar@gmail.com

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.