स्रष्टा परिचय : काव्यशिल्पीमा अजेय : कवि अजम्बरध्वज खाती

~खोमा तरामु मगर~Ajamber Dhoj Khati

नेपाली वाङ्मय क्षेत्रमा ‘बोल्ड’ उपस्थिति सहित सिर्जनाकर्ममा साधनारत कवि एवं गीतकार हुन्– अजम्बरध्वज खाती । कविता एवं गीत लेखनमा उनी नीजि विशेषताले परिचित छन् । राष्ट्रकवि माधवप्रसाद घिमिरेका अनुसार उनी ‘पहाडी सौन्दर्य’ का कवि एवं गीतकार हुन् । सामान्य जनबोलीले बोल्ने ठेट शब्दहरुलाई उनी लोकलयको शैलीमा गीत/कविताहरुको सिर्जना गर्छन् । अजम्बरध्वजबारे राष्ट्रकवि घिमिरे थप भन्छन्–“कवि धेरै सोच्छन् थोरै लेख्छन्, धेरै बहन्छन् थोरै कहन्छन् । कवि खाती गीत कवितामा जिउाछन् ।” उनी यस्तै पसिना र उन्मुक्त जीवनदायी लेखनको यात्रामा झण्डै छ दशक लामो समय यात्रारत छन्– अबिरल र अविचलित ।

उनी सबैभन्दा गम्भीर बिधा हो भन्छन् – कवितालाई । यो कुरा उनले बुझेका मात्र छैनन्, विभिन्न कृतिहरुको प्रकाशन मार्फत पुष्टि समेत गरिरहेका छन् । उनी कवितालाई क्षणिक तालीको सामग्री बनाएर ‘टिकट शो’ मा प्रस्तुत गर्ने कवि होइनन् । बिषयको विचरणमा गहिराईसम्म पुग्नु एवं कुरुपतालाई जरैदेखि उधिनेर अभिव्यक्त गर्नु उनको सिर्जनाको बिशेषता हो । कविताबारे उनी भन्छन्– “कविता रसको अनुभूतिले मान्छेको मुटु पगाल्ने लालित्यमय शब्दका हारीमा गुढ अर्थ गुाथिएर अभिव्यक्तिमा पूर्ण उत्कृष्ट, चमक, दमकपूर्ण आकर्षक अभिव्यक्ति हो कविता ।”

कवि अजम्बरध्वज खातीको जन्म वि. सं. १९९४ सालमा पाल्पा जिल्लाको तानसेन नगरपालिका, गैरागाउँमा भएको हो । पाल्पा हाईस्कूलमा प्रारम्भिक अध्ययन गर्दा देखि नै उनी साहित्य लेख्न थालेका हुन् । मूलतKhoma Taramu Magar: गीतिसिर्जनाबाट साहित्यमा प्रवेश गरेका उनले २०१२ सालमै ‘बटुवा’ शीर्षकमा लघु गीतिपुस्तिका प्रकाशित गरेका थिए । उनले ‘सम्झनामा’ भन्ने गीत कालिङ्पोङ दार्जिलिङबाट पारसमणि प्रधानको सम्पादनमा निस्कने ‘भारती’ पत्रिकामा २०१३ सालको श्रावण अंकमा प्रकाशित भएको उनी बताउाछन् । सोही साल मुक्त लयमा विरचित उनको ‘बन्धन’ शीर्षकको गद्यकविता पनि प्रकाशित भएको थियो ।

२०१२ सालको सेरोफेरोबाट आरम्भ गरेको साहित्य लेखन यात्राले हालसम्म आईपुग्दा झण्डै छ दशक लामो समय बिताएको छ । उत्तरकिशोरावस्थादेखि वृद्धावस्थासम्मको निरन्तर गतिशील कवितायात्राले उनलाई राष्ट्रिय अन्र्राष्ट्रिय स्तरमा सिर्जनात्मक साधकका रूपमा चिनाएको छ । उनको त्यही सुदीर्घ सिर्जनात्मक साधनाका परिणति हुन् : बटुवा (गीत/कविता सङ्ग्रह, २०१२), कथा त बटौलीसाग छ (मुक्त लयात्मक कविता सङ्ग्रह, २०५८), ठूली (गीतिकाव्य, २०५९), आासु बेनीको (गीति कविता, २०५९), अझै खौजडी बजेको बज्यै छ (काव्य, २०६१), पाइलाका डोबहरू सारङ्गीका बाडुलीहरू (गीति कविता सङ्ग्रह, २०६१), खरानी–गङ्गा (लोक काव्य, २०६३), उद्बोधन (खण्डकाव्य, २०६५), माइली (खण्डकाव्य, २०६७), तपस्विनी (महाकाब्य २०६९) र मेरो पाल्पा (लााबो कविता) । यिनै काव्यकृतिबाट उनको कवित्व फुटकर गीति कविता, मुक्तलयात्मक गद्य कविता, गीत सङ्ग्रह, लघु काव्य र खण्डकाव्यका थुम्का र चुलीलाई नाघ्दै महाकाव्यका उच्चशिखरमा आरोहण गर्न सफल भएको छ । उनको सिर्जनात्मक महाकाव्य–शिखरको यो आरोहण–सफलता नेपाली वाङ्मयका लागि अत्यन्तै महत्वपूर्ण रहेको छ ।

कवि अजम्बरध्वज खाती मोफसलमै रही जिन्दगीभर साहित्य साधना गर्ने एक अजेय स्रष्टा हु्न् । उनले आफ्ना कृतिहरूमा स्थानीय भूगोल, प्रकृति, समाज, संस्कृति, इतिहास लगायत अनेकौा पक्षसाग सम्बद्ध सुन्दर, मधुर र मार्मिक झल्को दिने जीवन्त गीत तथा कविताहरु सिर्जेका छन् । उनका कृतिहरुमा तिनै पहाडी माटोका डााडाकााडा, भीरपखेरा, उकाली–ओरालीहरु सुस्साएका छन् । चराचुरुङ्गीहरु चिर्बिराएका छन् । उही पाखा पखेराहरुमा बगिरहेका खोलानाला र झरनाहरु कलकलाएका छन् । स्थानीय लोकसंस्कृतिका झ्याउरे भाकाहरु गुञ्जायमान भएका छन् र त्यहााको सामन्त, जाली फटाहाहरु, सामाजिक विभेद र अत्याचारका विरुद्ध किसानहरुले गरेका बर्गयुद्धका हुाकारहरु ओकलिएका छन् । यिनै बिषय केन्द्रित उनको सिङ्गो कृतिहरु जन्मिएका छन् ।

उनी जनताले गाउने लोकलयलाई टपक्क टिप्छन्, लोकशैली आगाल्छन् अनि उनीहरुकै भाकाहरुमा गीत कविताहरु सिर्जना गर्दछन् । कवि अजम्बरध्वज खातीको लेखन सिर्जनाबारे प्रा.डा. गोविन्दराज भट्टराई भन्छन्– “उनी हृदयले लेख्ने समाजभित्रको आध्यारो दु:खलाई जनवाणीमा गीति भाकामा सरलताले हृदय छुने ग्राम्य चेतना भएका उच्च कवि हुन् ।” उनले निमुखा वर्गमाथि हुने गरेको वर्गविभेद, शोषण र दमनका बर्बरताको निन्दा र छलकपटीको तीव्र आलोचना गरेका छन् । यही सन्दर्भमा प्रा.डा. महादेव अवस्थी भन्छन्– “उनका सम्पूर्ण कविता तथा काव्यहरुमा आत्मपरक हार्दिक भावसंवेदना एवं बैचारिक सञ्चेतनाको स्वच्छन्दतावादी उन्मुक्त अभिव्यक्तिहरु पाइने हुनाले उनी मूलत: स्वच्छन्दवादी प्रगामी/प्रगतिशील स्रष्टा हुन् ।” उनको काव्य लेखनको बिषयमा धर्मराज थापा, कृष्णचन्द्रसिंह प्रधान, आनन्ददेव भट्ट, मोहनविक्रम सिंह, कमलराज रेग्मी, प्रा.डा.चूडामणि बन्धु, मोदनाथ प्रश्रित, गोपीकृष्ण शर्मा, ईश्वर बल्लभ, सूर्यबहादुर सेन, जगतबहादुर जोशी, दिल साहनी, वनमाली निराकार, प्रा.डा. हिरण्यलाल ज्ञवाली, डा.मुरारि पराजुली लगायत थुप्रै समालोचकहरुले महत्वपूर्ण विचार, दृष्टिकोणहरु व्यक्त गरेका छन् ।

कवि अजम्बरध्वज खाती आफ्नो जीवन र कवितामा सदैव संघर्ष, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणको पक्षमा उभिएका छन् । अग्रगमनका पक्षमा उनका शब्दहरु बोलेका छन् र राजनीतिक विकृति र तिनका नायकमाथि उनी बौद्धिक प्रहार गरिरहेका छन् । उनी विचारहीन कला र कलाहीन विचार पटक्कै रुचाउादैनन् । त्यसैले उनी नेपाली वाङ्मय क्षेत्रमा कला र विचारबाट अपरास्त अजेय काव्यशिल्पी हुन् र अन्त्यमा उनी भन्छन्–

नबिर्स कोही यो युगभित्र रगतको गाथा छ,
निरो र हिटलर, मुसोलिनजस्ता हारेको कथा छ ।

अजम्बरध्वज खातीका केही रचना “साहित्य सङ्ग्रहालय”मा पढ्नुहोस् । 

This entry was posted in स्रष्टा परिचय and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *