नेपाली भजन : हरिकिर्तन गाऊँ

~उज्ज्वल जि.सी~ujjwol-gc

प्रभुको दर्शन गर्न कसरी म पाऊँ
मनको मन्दिर धाऊं या हरिकिर्तन गाऊँ ।

मानव चोला दिएर कसरी खेल खेलायौ
हृदयवासी भई जीवनलीला आफैले सिकायौ
कुन सामाग्री अर्पण गर्न तिम्रो सामु आऊँ
मनको मन्दिर धाऊं या हरिकिर्तन गाऊँ ।

खुलेनन् नेत्र कहिल्यै धनकै त्यो लोभमा
बित्यो सारा जीवन आज संसारिक मोहमा
थाहा छैन अज्ञानीलाई मृत्यूपछि पुग्ने ठाऊँ
मनको मन्दिर धाऊं या हरिकिर्तन गाऊँ ।

शब्द – उज्ज्वल जि.सी
स्वर – बाला भट्टराई र शोभा तिवारी
संगीत – कृष्णमान डंगोल

This entry was posted in नेपाली भजन and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.