कविता : फूल किन फुल्छ !

~रामकुमार पाँडे~Ram Kumar Pande

फूल फुल्नको लागि फुल्दैन
फूल फुलाएर फुल्छ
तर
ढुङ्गा पग्लिनुपर्छ माटो
भएर
माटो पग्लिनुपर्छ फूल भएर ।

फूल सुन्दरताको लागि फुल्दैन
सुन्दरता त आँखाभरि हुन्छ
सुगन्धभरी
हुन्छ
तर सुन्दरता त आँखाभरि छाउनुपर्छ
सुगन्ध यतै कतै छरिनुपर्छ ।

फूलमात्र केही होइन
हामीले हृदयमा नराखे ।

फूल एक हैन अनेक हुन सक्छ
तर फूललाई हामी ढुङ्गाबाट
पगालेर फक्रइदिन
सक्नुपर्छ

(स्रोत : Majheri.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.