कथा : यो कथा होइन

~श्रेष्ठ समनश्री~Shrestha Samanshree

उसले यसो भनिरहँदा म गम्भिर मुद्रामा सोचिरहेको थिएँ ।

“बकवास्”– मेरो जवाफ ।
ऊ पनि एकछिन चुपचाप भई । के सोचिछे कुन्नी ??? एक वाक्य buzz भयो–
“Its raining outside यार ……”

माहोल बदल्ने प्रयासमा थिई ऊ ।

“हो र ?”
म पनि के कम, जे भए नि साहित्यको बिद्यार्थी पो त !
“Fertility”
“के को ?”
“तिम्रो यादको …”
हाहाहा………..
“Greenery ”
“फेरि के को नि ?”
“तिम्रो मायाको …….. ”
“सब हावा, सब झुठ ”
“झुठ नहुन पनि त सक्छ”
“फगत्”
“अपसोच् !!”
“होला तिम्रा लागि ।”
“अनि तिमी के एक्लै ……..?”
“हो एक्लै । तिमी पनि त…..” मैले reply नगर्दै उसको buzz आइसकेको थियो –
“बाहिर सिमसिम पानी परीरहेको छ……………..”

(~लोड सेडिङ्ग ~)

त्यसपछि उसले खै के लेखि, मेरो स्क्रीनमा आएन…………….
यति मात्र कल्पना गर्नसक्थेँ– ऊ पुराम्पुर त्यो सिमसिमाउदो पानीमा पक्कै रुझेकी थिई भित्रभित्रै……………………लुचुप्पै ।

(~भोलिपल्ट~)
एकछिन रुक्नोस है त, Inbox मा offline message आ’को जस्तो छ………

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.