कविता : परिणामका पाइला

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

परिणामले आफ्ना पाइला
जतासुकै मोडोस्
अन्धकारले जस्तोसुकै उसको
विषाक्त व्यूह रचोस्
म सत्यको मियो,
न्यायको शिर
सधैं झलमलाउँदो दिग्विजयी हिमाल हरपल मुस्कुराउँदै
म अदम्य भाष्कर/अजश्र ओजस्वी ब्रह्मज्योति,
अविरल अनन्त कोसी/पवित्र पावन शिखर गंगा
बगिरहन्छु/बगिरहन्छु,
म अभिछिन्न सृष्टिको खुसी मौलाइरहन्छु !

बाटो चिनं
बल्ल मैले आफ्नो माटो बुझें
के हुँ म – को हुन् आफ्ना/पराजय –
नीति बुझेँ । गीतको विधिहरू अन्तरबोध भयो,
घाम झुल्के र्छलङ्ग आँखाभरि,
अन्धकार गोरेटोमा जून उदाए
कसैले छेक्न सक्दैन
उप्रान्त, कसैले काँढा तेर्स्याउने कष्ट नगरे हुन्छ मेरो मार्गमा
मौन/चुपचाप मेरा अथक पाइलाहरू
अहा ! बल्ला महाज्योति बल्यो हृदयमा
अब म हाँसिरहन्छु/गाइरहन्छ/ लम्किरहन्छु निरन्तर
म अदम्य अविचलित शिखर यात्राभरि घन्किरहन्छु,
बाँसुरीको जागरण धुनमा म नाचिरहन्छु जीवनभर !

मेरो निष्ठापूण् आराधना
निश्छल पुकार/प्रार्थना,
सृष्टि कण-कणमा अनुगुञ्जित पे्रमिल बन्धना
अनन्त/अगणित आकाश,
फैलिरहनुपर्छ म बुद्धको निर्मल नयन भएर सिङ्गै सृष्टिभर !

यी झरेका खोसल्टे थुप्रोहरू
र, इष्र्यालु कपटी सकुनीहरू,
बुद्धको निश्छल हृदय धूलो उडाएर
सीमातीत आकाशका तारा चुँड्न
वन्करका पाउ झुकिरहनेछन् निरन्तर,
गाएर अघाउँदिनँ म मेरो बाँसुरीको धून
धरतीभरि शीतल जुन उम्रिरहन्छु म
बुद्धको ढुकढुकी चुमेर हरेक बिहान,
म घन्किरहन्छु चेतना चुमेर बारम्बार !

हे ˜ पर्वतेश्वर !
तिमी अविचलित साक्षी छौ मेरो हृदयमा,
म आँधीको पन्छी छटपटाइरहेको बेलामा
तिमी देदीप्यमान महादीप मुस्कुराइरहनेछौ बासमा,
हो, म त्यही विश्वासको आकाश सिरान हालेर
यी सैतानहरूले उर्लाएको कृत्रिम समुद्रमा
म एक्लो अर्जुन लडिरहेको छु युद्धमैदानमा
म मात्र निमित्त पात्र हुँ यो अगम्य नाटक शालाको,
अन्ततः मेरो हार/मेरो जीत,
हे ˜ पर्वतेश्वर तिमै्र हातको पन्छी हुँ म अगम्यश्वर !

– वशिष्ठधाम, निर्झ सिन्धुबस्ती

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.