छोक : अन्धकार

~किशोर पहाडी~Kishor Pahadi

देखिँदैन सेतो हुँदै गएको
मेरो कपाल,
चर्किंदै गएको भित्ता
आफ्नो घरको, देखिँदैन क्यालेण्डर पनि दिनगन्तीको —
घटदै गएको ।
न त देखिन्छ छिमेकीका
आँसुका छिर्काहरु ।
बरू फूलहरु
कल्पनामा सजाउन पाइन्छ,
बरु रहरहरु सपनामा दौडाउन पाइन्छ,
रात त्यसैले प्रिय लाग्छ,
आँखा चिम्लेर छामिरहुँ
निष्पट्ट कालो रात ।

-ललितपुर ।

(स्रोत : वजयन्ती साहित्यिक पत्रिका अङ्क ३९ गद्यकविता ३)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.