गजल : बिषादि भरेकोछ

~तिलक अनुरागी~Tilak Anuragi

कसम तिम्रो दिलमा बिषादि भरेकोछ
कोमल मुटुको पथमा काँडा छरेकोछ!

पलमै बसमा पार्यौ पलमै डसेर मार्यौ
भन अपराध त्यस्तो मैले के गरेकोछ!

आँसु साटेर लिए मुटु काटेर दिए
अबत जिउने आधार सबै मरेकोछ!

मायामा बेईमान गर्ने बानि देखेर हेर
प्रेमको यो फुल कोपिलामै झरेकोछ!

मुहार हेर्ने ऐना छातिको भित्ताबाट
थाहै नपाई आज अन्तै सरेकोछ!

झापा, तोपगाछी

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.