व्यङ्ग्य गजल : गाह्रो भा‘छ

~मरुभूमि नारायण~Marubhumi Narayan

थोरै पिउँदा हात टेक्नै गाह्रो भा‘छ
आइरहन्छ दबाव छेक्नै गाह्रो भा‘छ ।

बन्द हड्ताल नानाथरी के के हो हो
आजकल बजारमा देख्नै गाह्रो भा‘छ ।

कतै धर्ना अनशन कतै नारा जुलुस
के लेख्ने नलेख्ने लेख्नै गाह्रो भा‘छ ।

सामन्ती संस्कार कहिले जानी होला ?
खुट्टैदेखि उखेलेर खेद्नै गाह्रो भा‘छ ।

गुलियो बोली वचन बोली हाले तिन्ले
नेताले जनतालाई भेट्नै गाह्रो भाछ ।

लेखे कालो कागजमा कालो मसीले
अहिले मट्टितेलले मेट्नै गाह्रो भाछ ।

तनहुँ

(स्रोत : फित्कौली डटकम)

This entry was posted in गजल, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.