गजल : कहाँ हुन्छ र परदेशमा

~बाबुलाल बुढा मगर~Babulal Budha Magar

सजिलै आत्ने काम कहाँ हुन्छ र परदेशमा।
फोकतमा लिने दाम कहाँ हुन्छ र परदेशमा।

जोतिनु पर्छ बाह्रै घन्टा हजुर गोरु जोते झै,
एकछिनलाइ आराम कहाँ हुन्छ र परदेशमा।

यी हातले बन्छन गगन चुम्बी महलहरु तर,
त्यहा मज्दुरको नाम कहाँ हुन्छ र परदेशमा।

संगाल्नु पर्छ थोपा थोपा पसिनाले त्यो धन,
आनन्दले मीठो खाम कहाँ हुन्छ र परदेशमा।

चौबिसै घन्टा हुन्छ्न झिली मिलि शहरहरु,
घरमा झै सुभ र साम कहाँ हुन्छ र परदेशमा।

बाबुलाल बुढा मगर
बिश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरब
हाल :साउदी अरब

(स्रोत : साहित्य सङ्गित)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.