देउडा गीत : गाउल्या भाई

~मान बहादुर के.शी. ‘देउडाप्रेमी’~Muskan Bahadur KC 'Deudapremi'

दाई – आज दिउसो मुम्बईबाट मिसकल आयो मलाई
फोन गर्दा त्यो रहेछ मेरै गाउल्या भाई

भाई– ढोग गर्या दाई त्या तुम्रो हाल खबर कस्तो छ
यू.ए.ई. गई हजुर मलाई भुल्लि ग्या जस्तो छ

दाई – तु त घर गयाको छि फर्की कईल आई
नौकरी चल्याकै छ कि सञ्चै छैकी भाई

भाई– एक महिना भयो दाई मलाई घर है आयाको
सम्झन्छौ कि हजुर कईलई एक साथै खायाको

दाई – धुरुक्क रुदो छौ सम्झि म या कठै दैन
त्या का जस्तो मोज मस्ति यू.ए.ई.मा छैन

भाई– काई दु:ख पाया का छौकी त्यस्तो भन्या क्यान
यता उता मन न लाउन काममा राख्नु ध्यान

दाई– पार्टी हुदाई छन् कि भाउल्या शनिबार साँझ
पाच छ जना साथै हुन्थ्याउ एक्लै छौ या आज

भाई– त्यस्ता पार्टी दिन्या खालका कोइ छैन दाई
साथी भाई क्या चाइन्या हुन तुम्रा त “बि” छदाई

मान बहादुर के.सि. ‘मुस्कान देऊडाप्रेमी’
सँगमटोल टिकापुर ७ कैलाली
हाल- फुजैराह यू.ए.ई

(स्रोत : HamroBaitadi Blog)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in देउडा गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *