भवानी न्यौपाने ‘भावना’का केही हाइकुहरु

~भवानी न्यौपाने ‘भावना’~Bhawani Neupane 'Bhabana'

कल्पना भरी
स्निग्ध प्रेम सागर
स्वप्न सन्सार ।

अञ्जान यात्रा
निर्दोष कन्यादान
कुहिरो लाग्दा ।

मैन बत्ती झैँ
पग्लिँदै छ जीवन
पानी बनेर ।

इज्जत बर्षा
डुविदिन्छ जिन्दगी
रूढी वादमा ।

हिउँमा खेल्दै
असिनाको मसला
छोरीको ब्यथा ।

डुङ्गा घँचेड्दै
जीवन बिताउँछ
शिक्षक माझी ।

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.