कविता : मुटु दुख्ने गरी

~पुष्पा खनाल~Pushpa Khanal

पटक पटक भन्छौ तिमी मुटु दुख्ने गरी
कसो गरी सहँू राजै मनमा गाँठो पारी

तिमी यस्ती तिमी उस्ती सँधै आरोप ला’को सुन्छु
किन लाग्छ तिमीलाई म नै सँधै गलत हुन्छु

सुम्पिएकी थिएँ जीवन तिम्रै भर परी
दोधारमा परेँ आज काटौँ जीवन कसोगरी

अब त भो अति भयो मैले पनि सोच्नु पर्छ
एउटा बाटो कठीन भए अर्को बाटो खोज्नु पर्छ

सहनुको सिमा हुन्छ मुटु छिया पारी
तिम्रै लागि हुँ म भनि भनौँ कसो गरी

पुष्पा खनाल
म्हेपी, काठमाडौं

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.