कविता : प्रश्न ?

~श्रेष्ठ समनश्री~Shrestha Samanshree

धेरै भयो नसोधेको,
तिम्लाई –
र एक्लै अनुत्तरित भएको म,
तिमीजस्तै ।

नढांटी भन –
भर्खरै मेरो दिलको कुनामै ;
छोएर गएको बाडुली,
तिम्रो हो कि होइन?

नढांटी भन –
शिरको बाटुलो चुल्ठिमा,
कस्का लागि हो त्यो,
सिउरेर ल्याएको रातो गुलाब ?

कैले बाटो मन्तिरको चौतारीमा,
कैले क्याफ़े र साइबरमा
टोलाएर आईरहने कस्का हुन ति यादहरु?
नढांटी भन –
कस्का हुन रातमा अबेरसम्म,
ननिदाई एकोहोरो आईरहने कल्पनाहरु?
सपनीमा बर्बराउने प्रेमिल बातहरु ?

धेरै भयो नसोधेको,
तिम्लाई –
र एक्लै अनुत्तरित भएको म,
तिमीजस्तै ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.