गजल : कसले जात बनायो

~अनिल बराल ‘गरीब चिराग अछुत’~

मान्छे सबै एकै हुन्छ कसले जात बनायो
दलित माथी किन यस्तो घात बनायो |

कुन कानुनमा छ कसले लेख्यो दलित भनेर
यहि समाजले दलितलाई बर्वाद बनायो |

टोपी चल्यो खुकुरी चल्यो पानी चलेन
तर अछुत भनेर दलितलाई सराप बनायो |

अंग अंगमा नेपाली मन छ मुटु पनि एउटै
अछुत हाम्रो आफ्नै समाजले यो बनायो |

भगवान एउटै पानी पिउने कुवा एउटै
मान्छे उस्तै हुन्छ कसले जात बनायो |

अनिल बराल ‘गरिब चिराग अछुत’
चरम्बी-५, मिलन बस्ति, भोजपुर
हाल – कतार

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.