कविता : श्रद्धाञ्जली

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

बिउँझ बिउँझ उठ उठ अब निद्रा पुग्यो ।
देशलाई आवश्यक छ तिम्रो योगदानको ।
आली कान्ला तोडीफोडी सम्मो बनाईदियौ ।
चारै दिशा फर्केकाको चोसो मिलाई दियौ ।

अझै तिमी बााच्नु पर्छ हाम्रो देशको लागि ।
द्वेशरहीत छैनन् नेता सङ्लो छैन राजनीति ।
कुन दहमा फस्यौ तिमी उद्धार भएको छैन ।
उठेका हौ पुरुषार्थले पुन:उठ आफ्नै बाहुबलले ।

चट्टानी अडान अघि, घोप्टे भीर केहि होईन ।
बिउँझ बिउँझ ऊठ ऊठ अब निद्रा पुग्यो ।
साथीभाई संगिसाथी ईष्टमित्र परिवारजन ।
तिम्रै प्रार्थनामा निमग्नछौं , पशुपति प्राणमा ।

आशाको दीयो जलाएर हामी बसेका थियौं ।
योगदानको कदरगरी राज्यले गर्ला उद्धार भन्यौं ।
आखिर मिथ्या सावित भयो हे प्राण कहाा गयौ ।
नियतिले के गर्‍यो तिमीलाई हा दैव यो के भयो ।

गरेनौ घमण्ड सत्ताको वागडोर सम्हाल्दा पनि ।
विकृतिको गन्ध आऊन दिएनौ जहाा रहादा पनि ।
निष्ठा आदर्श र सुशाशनको प्रतिमूर्ति तिमी थियौ ।
पाऊन गाह्रो नेपालमा निष्ठा ईमान्दार सच्चामनको ।

साच्चै बैलिएकै हौ तिमी मलाई पत्याउन गाह्रो भयो ।
खसेकै हो सवार गाडी मलाई पत्याउन गाह्रो भयो ।
झलझली आउाछ त्यो मुहार खिसिक्क हाासेको ।
बिश्वास कसरी गरौं तिमी घोप्टे भीरमा खसेको ।

सिउादो पुछियो चुरा फोरीयो तिमीले के के गर्‍यौ ।
अभिभावक हौ तिमी त , हा कति निष्ठुरी भयौ ।
मिलन असम्भव भयो ? हाय निष्ठुरी तिमी कहाा गयौ ।
सन्मुख आई हेर मुहार परिवारहरुको कस्तो गति भयो ।

शाशको आशामा थियौं पाएनौं निर्जिव शरिर पनि ।
कति निरिह रहेछ राज्य प्रत्यक्ष हामीले भोग्यौं ।
राज्यका कर्महीन ठूला ठूला गफले हामी भ्रममा पर्‍यौं ।
देख्यौ शासक हौं भन्नेहरु कर्मठ भूपू प्रशाशकको अन्त्य ।

नश्वर शरिर हो मानवको हामीले बुझेकै थियौं ।
बेला भएको थिएन चोला बदल्ने के भोग्नु हामीले पर्‍यो ।
स्वर्गपुरको अनन्त यात्रा सदा ,मंगलमय सुखद् रहोस् ।
भौतिक शरिर नरहे पनि दिब्यलोकबाट आशिर्वाद दिई रहु

उद्धार गर्न सकेनौं निरीह राज्यका हामी निरीहहरुले ।
श्रद्धारुपी शब्दको माला गुथेकोछु त्यो गलामा रहीरहोस् ।
किञ्चित भाव मनमा नराखि अनन्त यात्रा सफल रहोस् ।
जिवनका आरोह अवरोहका स्मृतिले झक्झकाई रहोस् ।
अर्पण गर्दछु श्रद्धा सुमन ह्दय देखि स्विकार होस् ।
१०

पूर्व गृह परराष्ट्र मन्त्रि एवम् मुख्य सचिव माधव प्रसाद घिमिरे प्रति श्रद्धासुमन

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.