कविता : उत्तेजित लिङ्गको लौरो टेकेर…….

~अराजक अर्चु~


अध्यारो खोपीमा
योनीको लिलाम बढाबढ गरेर,
मन्दिरहरुमा
भैरबको उत्तेजित लिङ्ग ढोग्ने
योनीधारीहरु !
सडक र मन्चमा
लिङ्गधारीहरुको खैरो खन्ने
तिम्रो नैतिकता
हनुमन्तेको ढलभन्दा कम
गनाएको होला र?


खबरदार!
यौन पिपासु राक्षसहरु।
तिमीहरुको ५-६ इन्चको उत्तेजित
लिङ्ग ठुन्क्याउन
मेरो यही कान्छीऔंले
तर धारिलो कलम नै पर्याप्त छ।


उत्तेजित लिङ्गको लौरो टेकेर
सगरमाथा चढ्ने सपना नदेख
कमरेड !
स्खलित भएर
ओछ्यानमा बज्रिएपछि
ओढ्ने त मेरै गुन्यु न हो !

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.