कथा : लभ एनिभर्सरी

~बिष्णु पोखरेल~Bishnu Pokharel

अङ्ग्रेजी महिना अप्रिल । अन्तिम साता । हातमा छ–भर्खरै किनेको निक्कन डी–३२०० क्यामेरा । कस्मिरको गृष्मकालिन राजधानीमा अझै सरकार सरेको छैन । शीतकालिन राजधानी जम्मुतिरै छ । कस्मिरी सरकार हाम्रा हिमाली आदीबासी जस्तो छ । जाडो लागेपछि छ महिना जम्मुतिर झर्छ, गर्मीमा फेरि कस्मिर चढ्छ ।

क्यामेरा सानामा स्कुल जादा भिर्ने गरेको छड्के झोला जस्तै गरि भिरे ।

‘ट्यूलिप गार्डेन के लिए कित्ना ?’ दलगेट पुगेर टुटेफुटेको हिन्दीमा सोधेपछि तिनपाङ्ग्रे अटो ड्राइभरले अल्छिलाग्दो पारामा आङ तान्दै भन्यो, ‘दो सौ ।’ ‘डेढ सौ मे जाऔगे ?’ आठ नचलाई ड्राइभरले सिटमा बस्न संकेत गर्यो ।

अस्तिसम्म हिउ“ पर्दै थिया े। दुइचार दिनमै मौसम बदलिया े। कत्ति चाडै चर्को घाम लाग्न थाल्यो ? मनमनै गमे । दिउ“सो त गर्मी हुन थालिसक्यो । अटो दल लेकको डिलैडिल दौडिरेहको थियो। करिब आधा घण्टामा अटो रोकियो । नजिकैको बगैचामा कमिलाको ताती जस्तै मान्छे थिए । म पनि गेटमा टिकट काटेर भित्र छिरे । रङ्गीचङ्गी धेरै खाले फूल फूलेको बगैचामा जस्तो मन भुलेन । एकै खालका फूल एकै खाले लहर । मेरो मन ट्युलिपले तानेन ।

‘कत्तिन के–के हो जस्तो गरेर प्रचार गर्छन्, यो एकनासे फूलको बगैचा भन्दा त धेरै थरी गु“रास फूल्ने हाम्रै वन राम्रो,’ मनमनै आफैस“ग गफ गरे । मान्छेको भीडमा एक्लिदा अर्कौ आनन्द आउछ । अझ एक्लै आफैस“ग गफ ? त्यसको मज्जा बेग्लै ।
ट्युलिप बगैचाबाट निस्केर सिधै पाइला बढाए परी महलतिर । आहा कत्ति राम्रो दृष्य । मनमनै रमाए । मलाई पुरातात्विक अवशेष मन पर्छ । यो पनि एक भग्नावशेस । पुराना परम्परा र आर्किटेक्टको प्रतिरुप । परिमहलको पर्खालमा बसेर दललेक तिर हेर्न थाले ।

‘ओहो साच्चै गज्जब देखिदो रहेछ,’ एक्लै भुत्भुताएछु । ‘डिड यू से समथिङ टु मी ?’ म झल्यास्य भए । छेउमै बसेकी रैछिन्, एक गोरी सुन्दरी । ‘नो नो, सरी’ मैले स्पष्टिकरण दिए ।

‘ह्वेर आर यु फ्रम ?’

‘आई एम फ्रम नेपाल, एन यू ?’

‘तपाई नेपाली हो ? खुशी लाग्यो भेटेर, म जर्मनीबाट ।’

बिल्कुलै फरक लवजको नेपालीमा उसले जवाफ फर्काई ।

लौ कस्तो अचम्म, यो त पुरै नेपाली बोल्दी रैछ । मनमनै गमे ।

‘कसरी नेपाली जान्नुभयो ?’

‘मैले नेपाली सिक्न थालेको पाच वर्ष भयो ।’

‘किन नेपालीमा रुची ?’

‘आई एम हिस्टोरियन, नेपालकै बारेमा अध्ययन गर्दैछु, नेपाली नजानी कसरी हिस्ट्री बुझ्नु ? भन्नुस् त ?’

‘अवस्य ।’

‘डु यू नो, आई एम भेरी मच इम्प्रेस बाई भीमसेन थापा एन्ड जंगबहादुर ।’

‘ह्वाई ?’

‘दे आर भेरी भिजनरी एन्ड व्रेभ, रियल्ली ।’

यस्तो भन्दै गर्दा उसको अनुहार पुरै युद्ध जितेको सिपाहीको जस्तो भयो । मानौ उ नै भीमसेन र जंगबहादुर हो ।

‘ह्याभ यु रिटन एनीथिङ अबाउट देम ?’

‘यस, आई ह्याभ रिटन लिटिल बिट एबाउट देम’ झोलाबाट एउटा बाइन्डिङ गरिएको किताब निकाल्दै भनी, ‘दिस इज अ स्मल राइटिङ अबाउट भीमसेन ।’

‘क्यान आई सी इट ?’

‘स्योर, स्योर, इफ यु ह्याभ टाइम, यु क्यान रिड एज वेल ।’

जब उसले मेरो हातमा पुस्तक थमाई, मलाई लाग्यो म कुनै धर्मग्रन्थ हातमा लिदैछु । उसले यस्तरी किताब दिई की कुनै पादरीले बाइबल हस्तान्तरण गर्दैछ ।

‘ब्रुटालिटी ओभर द लिजेन्डरीज सुसाइड’ पुस्तकको पहिलो पानामा लेखिएको थियो, ‘रिसर्च बाई क्याथरिन मारी, पिएचडी फेलो, हिटल्वर्ग युनिभर्सिटी जर्मनी ।’

अध्ययन पुस्तिकामा हुने औपचारिकता हेर्ने झिजो गरिन । एउटा पानामा टक्क आ“खा अडिए । पुरै खाली पानामा लेखिएको थियो एउटा वाक्य–

‘आजभन्दा एक सय ७५ वर्षअघि’

औसींको रात होइन, सूर्यग्रहण छैन । सिरेटो चलेकै छ । सूर्योदयमा आकास सफा निलो थियो । जवानहरु बिहानी खानाको मेसो गर्दै थिए । बागदरबारको तल्लो तल्लाको कालकोठरीबाट आवाज आयो ‘प्याक्क–प्याक्क’ । सायद कसैको प्राण जादैछ । निमेष भरमै कालकोठरीको अन्धरकार कुहिरो बन्यो । कान्तिपुरीमा कालो बादल छायो ।

कुरुक्षेत्रको ‘आइरन म्यान’ भीमसेन ढल्यो । आफ्नै हातबाट सेरिएर । कसरी झेलोस् बिचरो † राजकुमारको हत्यारा बनाइएकै थियो । अब प्राणप्यारीलाई द्रौपदी बनाउने खेल हुदैथियो । उसबखत कृष्ण थिए, द्रौपदीको आलापमा कहिल्यै नटुङ्गिने सारी बनाइदिए । यहा कस्ले उसकी प्यारीको लाज छोपिदिने ?

‘म कालकोठरीमा नहुदो हु“,’ सेरिनु अघि सुस्केरा हाल्दै चल्नीमा हात राखेर आफ्नै मनस“ग भन्यो, ‘सायद उनलाई द्रौपदी बनाउने कसैले हिम्मत गर्ने थिएन ।’

दिनमा सूर्य चम्किएको थियो । रातमा पूर्णचन्द्रले शितल प्रकाश फैलाउने निश्चित थियो । सायदै कसैले सोचेको थियो–आजको दिन त के रात पनि यस्तो अध्यारो हुन्छ भनेर ।

‘दैवको लिला के–के देख्नु–सुन्नु पर्ने रहेछ,’ सेरिएको भीमसेनको गर्धन हेरेर तरक्क आ“शु चुहाउदै एउटा जवानले अर्कोस“ग कानेखुसी गर्यो । ‘उफ दैवको लिला कसरी भन्नु ? दरबारको प्राण लिने मनसुवा, असत्तिहरुलाई काल आउदैन कहिले ?’ अर्कोले भक्कानिदै प्रतिप्रश्न गर्यो । अघिनै आ“शुले उसका दुवै गालामा सर्प हिड्ने बाटोजस्ता रेखा कोरिसका थिए ।

कालकोठरीको अन्धरकारमा प्रकाश थियो त त्यही भीमसेनको मुहारमा । मनभरी असह्य पीडा भएपनि मुहारमा पश्चातापको कुनै रेखाचिह्न थिएन । गर्धनका रेखाबाट बग्दै थियो तातो रातो रगत ।

मौन कान्तिपुरमा कोलाहल मच्चियो । मख्खनका गल्लिबाट रुन्चे हासोको चित्कार निस्कियो । जनरलवाग दुई साल अगावै उजाडिएको थियो । आज त्यसले रक्तअल्पताले गाजिएकी नारीको मुहार झै बाकी रहेको अनुहारको सबै कान्ति गुमायो । भार्याकँे एउटै भर भीमसेन ढल्यो, खबर पाएपछि भार्याको शरिरले भूई छाड्यो । कतै अन्धकार नभमा उडेजस्तो भयो । टाउकोमा दुई धार्नीको घनले हानेजस्तो भयो । बिचरी † स्यालले लतारेर लडेका बर्षाको च्याउजस्तै पुर्लुक्क लडिन् । तिनका ओठबाट ‘प्राणनाथ’ भन्ने शब्द समेत निस्कन सकेन ।

दरबार तिर पांडे–बस्नेत खलक युद्ध जितेको गजराज बने । बचेका थापा खलक पाकेको मकैको सुकेका धानचामल झैं खङ्ग्रङ्ग भए । तिनका ओठ मरुभुमीको तुफानमा आठ घडी हिडेको यात्रीका जस्ता देखिए । शरिरबाट उम्लदै गरेको पानीले जस्तो तातो बाफ निस्कियो । कोमल मस्तिष्कका स्नायुहरु फुटेजस्तै गरि दुख्न थाले । तिनका बु“ताले भ्याउने होइन केही, जीउदै लास जस्ता भए ।

द्वापर युगमा लड्ने भीम र यो भीममा खासै अन्तर थिएन । यही भीम हो, जसले कहिल्यै सूर्य नअस्ताउने मुलुकका दुर्योधनस“ग युद्धको शंखनाद गरेको । भलै तिलनको काल निम्तयाउन सकेन, आफ्नो बलको पहिचान गरायो । विश्वलाई वीरताको गाथा गाउन सिकायो । साना–साना मौरीहरु ठूला–ठूला अरिङ्गालभन्दा मेहनती हुन्छन् भनेर देखायो । बन्दुकको रवाफका अगाडी ढुङ्गे हतियारको चमक देखायो ।

मध्याह्न भयो तर सूर्य चम्किएको देखिएन । कान्तिपुरको कान्ति हरायो, मध्यान्हमा आफ्नै छा“या“ हराए जस्तै । जब भीमसेन ढल्यो, सुनधाराले आ“शु बगाउन थाल्यो, बागदरबार, भीमसेनस्तम्भ, थापाथली सा“घुहरु निन्याउरा भए, मालिक गुमाएको युद्धको घोडासरी ।

सारा कान्तिपुरी रुदै थियो । स्वयम्भुका आ“खाबाट रक्त मिश्रीत अश्रुधारा बगे । बौद्धनाथले शोकधुन बजायो । पशुपतिको गजुरबाट कान्ति उड्यो । त्यसै बखत वसन्तपुर दरबारबाट बाजागाजा सहितको टोली निस्कियो । रथमा थिए राजेन्द्र र डोलीमा साम्राज्यलक्ष्मी । तिनले रथ बागदरबारमा रोके । कालकोठरीमा गएर हेरे । भीमेसन ढलिरहेको थियो । ‘यो त जिउदै छ, बेहोस मात्र भएको जस्तो छ,’ दुनिया“ले जोइटिङ्ग्रे उपाधी दिएका राजेन्द्र बोले, ‘हो यो जिउदै रै’छ, यसको नाटक हो,’ साम्राज्यलक्ष्मीले कड्किदै आदेश दिइन्, ‘यसलाई तुरुन्त घोडामा बाधेर घिस्याउनु, कान्तिपुर, पाटन भादगाउ सबैतिर घुमाएर ल्याउनु ।’

भतुवा सैनिकको टोलीले घोडामा भीमसेनलाई बाधेर घिस्यायो, रगताम्मे भीमसेनको अनुहारमा कत्तिपनि भयको मात्रा थिएन । शान्त मुहारमा उदाउदो सूर्यको जस्तो चमक थियो । भतुवाहरुले उसलाई अर्धमूर्छित अवस्थामा सारा सहर घिसारेर धुमाए । देख्नेहरुले आ“खा थुने, सुन्नेहरुले कान । भीमसेनको भयानक अवस्था सहन नसकेर सहरभरका कुकुर समेत रोए । काग एकत्रित भएर कराए । तिन्को आवज कस्ले सुन्थ्यो? सबै आवाज गगनमा कतै बिलाए ।

तिन्ले भीमसेनको अर्धमूर्छित देहलाई थापाथली पुर्याए । त्रिपुरासुन्दरीका अगाडी लगेर देखाए । त्रिपुरासुन्दरीलाई गिज्याउनु गिज्याए, भीमसेनको कपडा खोलेर तिनको गुप्त स्थान देखाइदिए । त्रिपुरा धरती माता बनेकी थिइन् । तिनले कुनै क्रिया–प्रतिक्रिया जनाइनन् । जसै एक पाउ पलेटी कसेर बसेकी थिइन उस्तै स्थिर भइन् । तिनले लोकलाई नमन गरिरहेको थिइन् ।

सारा सहरमा घुमाएर ल्याएका भीमसेनलाई राजेन्द्र–साम्राज्यलक्ष्मीले आदेश दिए, ‘लगेर विष्णुमतिमा फालिदिनु, यो मरेर सबै हाड मासु गिद्ध, स्याल, चितुवाले खाई नसकुन्जेल कडा पहरा दिनु, कसैलाई काजक्रिया गर्न नदिनु ।’ भतुवाको टोलीले आज्ञा शिरोपर गर्यो । कहिल्यै सूर्य नअस्ताउने मुलुकस“ग लडेको भीमसेन आज बौरिदै, बेहोस हुदै विष्णुमतीको तिरमा लड्यो । मुर्छित भीमसेनलाई गिद्धको बथानले ठुग्न थाले, स्याल, चितुवाले आएर लुछ्न थाले । शरिरबाट गन्ध निश्कन थाल्यो । अझै पनि मुहार मलिन थिएन । चमक हराएन । डरका रेखा निधारमा थिएनन् ।

ज्यानबाट खुन निख्रिएर सफेद बन्दै गएको आकिृतीमा पनि कुनै पश्चाताप थिएन । नैराश्यको गुञ्जायस देखिएन । ‘त्यसले दुई वर्षको बालखलाई समेत छाडेको थिएन, दर्द कस्तो हुन्छ अहिले चेतिरहेको छ,’ दरबारमा भारदारहरु राजेन्द्रलाई सुनाउदै थिए । राजेन्द्र–साम्रज्यलक्ष्मी मोजमस्तीमा व्यस्त ।

आफ्नै हातबाट सेरिएको नौ दिनपछि भीमले विष्णुमतीको बगरमा अन्तिम सास लियो । सिटो र सिस्नो घारी बिचमा उसले अन्तिम सास लिदै गर्दा आकाशमा कालो बादल लागेको थियो । पा“च वर्ष अघि गएको भुइचालो झैं कान्तिपुरी कोलाहले हल्लियो । कति कोलाहल भित्र–भित्रै दबिए । भीमको सदगद गर्न दिइएन ।

अन्धकारमा मधुरो प्रकाश छाड्दै एउटा सुनौलो विमान आयोे । चालकले भीमसेनको आत्मालाई च्याप्प समायो र स“गै राखेर यन्त्र सुचारु गर्न थाल्यो । ‘ए पख पख’ चालकलाई कसैले करायो । छेवैमा अर्को कालो विमान थियो । ‘यो मेरो झ्यालखानामा जान्छ, तिमीलाई लाने हक छैन,’ कालो विमान चालकले भन्यो । ‘होइन यो मेरो दरबारमा जान्छ, तिमीलाई छुनेपनि हक छैन’ सुनौलो विमान चालक कड्कियो ।

‘मेरो झ्यालखाना जान्छ ।’

‘होइन, मेरो दरबार जान्छ ।’

‘हुदैन मेरै झ्यालखाना जान्छ ।’

‘कस्ले भन्यो, मेरै दरबार जान्छ ।’

कलियुगको महाबली भीमसेनको स्वयं बलिदानले दिउ“सै अध्यारो भएको कान्तिपुरीमा दुई विमान चालकको घम्साघम्सीले मेघ गर्जियो । क्ष्ँणभरमै सारा संसार कम्पन भयो ।

‘यसले निर्दोष राजकुमारलाई मारेको छ, आफ्नै देश बेचेको छ,’ कालो विमान चालकले भन्यो, ‘यसलाई लगेर रसातलमा राख्नुपर्छ, यत्तिकै वैतर्नी (वैतरणी) तर्न दिनुहुन्न ।’ ‘यसले कमारा–कमारीलाई उन्मुक्त गरेको छ, समाजमा सुधार गरेको छ, बाटोघाटो बनाएको छ,’ सुनौलो विमान चालक भन्दै थियो, ‘यो वैकुण्ठधाम जान्छ, त्यसैका लागि लायक छ ।’

दुई जहाज चालकको विवाद अनन्त काल चल्ने देखियो । तिनका विवाद सिसिफसको पार नलाग्ने प्रयास जस्तै नटुङ्गिने भयो । भीमसेन स्तम्भको माथिल्लो तलाबाट विवाद हेरिरहेको ती दुवै चालकको मालिकलाई तिनको विवाद मन परेन । तुरुन्तै उ सा“ढे चढेर त्रिशुल हल्लाउदै आयो । गलाको सर्पको माला फुकालेर दुवैका गालामा पुच्छरले एक एक सुम्ला बस्ने गरि हन्यो । अनि भन्यो, ‘तिमेरु विवाद गर्न आ’को कि काम गर्न ?’ उसले भीमसेनको आत्मालाई सुनौलो विमान चालकलाई जिम्मा लगाउदै आदेश थियो, ‘खुरुक्क यसलाई त लिएर जा ।’

सुनौलो विमान चालक जसै भीमसेनको आत्मा लिएर उड्न लाग्यो, थापाथाली र भण्डारखालबाट रणमुक्तेश्वर (रणबहादुर) एवं त्रिपुरासुन्दरी आए । ‘हामीलाई भीमसेनले यही राखेको छ, उसलाई पनि हामी लान दिदैनौ,’ दुवैले एकै स्वरमा भने । जटामा चन्द्रमाधारी त्रिशुलवाला एकछिन बुद्ध जस्तै आ“खा चिम्लेर भीमसेनस्तम्भको फेदमा बस्यो ।

‘ठिक छ भीमलाई पनि छाडिदे, यो पनि मेरै नाममा अन्तिम सास फेरेको स्थानमा बस्न पाउनेछ,’ त्रिशुलधारीले आदेश दियो,‘त्यसका लागि भीमसेनले पा“च वर्ष कुर्नुपर्नेछ ।’ रणबहादुर र त्रिपुरा गए, भीमसेन स्तम्भले त्रिशुलधारीलाई नमन गर्यो । पा“च वर्षपछि भीमसेनले अन्तिम सास लिएको स्थानमा माथवरले भीमसेनलाई घर बनाइदियो र भीम मुक्तेश्वर नामाकरण गरिदियो।

भीमसेन, रणबहादुर, त्रिपुरा अब कसैको पनि शासन संयन्त्रमा केही चल्दैन थियो । तर, तिनीहरु सारा शासन कार्यका साक्षी थिए । कान्तिपुरीका तिन ठा“उमा अवस्थित भएपनि तिनीहरु ग्रामकचरहीमा गा“उले भेला भए जस्तै भेला हुन थाले । हरखाले सामाजिक र शासकीय कुरा गर्थे । तीनै जनाको भेला हुने ठा“उ थियो, त्यहि भीमसेन स्तम्भको टुप्पो । भीमसेनले त्रिपुराको रहरमा बनाइदिएको । उसले आफ्नै घर अगाडी बनाएको अर्को स्तम्भ त एक महाप्रलयले पुरै लडाएको थियो । जुन फेरि उठ्न सकेन ।
तीनै जना मौन साक्षी । जसले देखे भीमसेनले प्राणपखेरु त्यागेको छ वर्षमा अर्को भयानक काण्ड । जुन आफ्नै नेतृत्वमा भीमले मच्चाएको भण्डारखालभन्दा कम थिएन । फरक थिए त केवल पात्र मात्र । जहाबाट जंगे उदायो । तिनले के ठिक के बेठिक खुट्याउनै सकेनन् । त्यही पनि तिनीहरु खुशी नै भए । ‘जे भो राम्रै भो’ भन्दै भीमसेन स्तम्भमा कचहरी गर्थे ।

तिलाई सबैभन्दा ठूलो चोट त्यसबेला पर्यो झण्डै एक सय वर्षपछि भीमसेन स्तम्भको कचहरी केन्द्र नै ढल्यो । ‘अब हामी कहा कचहरी गर्ने ?’ रणबहादुरले पिर गर्यो । ‘तिमीलाई कचहरीको पिर छ, मेरो शिर गुम्दा मलाई कत्ति दुःखेको छ,’ भीमसेन स्तम्भले भक्कानिदै भन्यो । ‘जुद्धेले तेरो शिर ठड्याउने छ, जे भएपनि मेरै रगतको अंश छ,’ भीमसेनले आश्वस्त पार्यो ।

भयानक चित्कारका बिच केही समयपछि नै भीमसेन स्तम्भको शिर ठडियो । तर, तिघ्र भाचिएर उपचार गर्दा छोटो भएको खुट्टा जस्तो यो पनि होचो भयो । ‘होचै भएपनि तेरो शिर उचै छ, अझै त नै कान्तिपुरीमा सबैभन्दा अग्लो छस्,’ भीमसेनले भन्यो । भीमसेन स्तम्भ मुस्कायो मात्र, लामो समयपछि भेट भएका प्रेमी प्रेमीका जस्तै ।

अब फेरी उही दैनिकी, कचहरी, ख्याल ठट्टा र शासनको विश्लेषण । ‘अब जंगेले थालेको शासनका दिन गए’ एकसय चार वर्षपछि रणबहादुरले भन्यो । ‘प्रजाको हित हेर्न नसकेपछि जानैपर्छ नी,’ त्रिपुराले हसिलो मुहारले प्रतिक्रिया दिइन् । भीमसेनलाई चिन्ता थियो–कतै मुुलुकै पो नरहने हो की ? दक्षिणतिरका ले खर्लप्प खाइदिने पो हुन् की ? मुलुक जोगियो । गद्दी छाड्नु अघि मोहनले सन्धि गर्यो । भीमसेनको खुशीको सीमा रहेन । ‘जे भएपनि मेरै रगतको अंश छ,’ भीमसेनले मोहनको दुरदर्शितालाई प्रशंसा गर्दा झण्डै आफैले बनाएको स्तम्भबाट उफ्रेर तल झरेन ।

तिनले पहिलोपल्ट प्रजातन्त्र नियाले । फेरि पञ्चायन अनि फेरि प्रजातन्त्र नियाल्दै गए । स्तम्भको टुम्पोमा तिन्को कचहरी जमेकै थियो । हर दिन स्तम्भको टुप्पोमा बिताएर तीनैजना आफ्नो आफ्नो बास फर्कन्थे । पछिल्ला दिनमा तिनीहरु खुब चिन्तित देखिए । राजकाजमा बस्नेहरु छाडा भए । जनताको नासोलाई जथाभावी गर्न थाले । कसैले हतियार बोके । निर्दोश मारिन थाले । त्यसै बखत नारायणहिटी दरबारभित्र काण्ड मच्चियो । धेरैले भाइले दाइको परिवार सखाप पारेको भने । ती तीन मनुवाले पनि त्यही अड्कल सही हो भन्ने ठहर गरे । तर, इतिहास त जित्नेले न लेख्छ । सबै हत्याको अभियोग मरेपछि राजा घोषणा गरिएको मान्छेको टाउकोमा गयो ।

‘तैले देवेन्द्रलाई बीस खुवाएको भन्नु र त्यो मरिसकेको मान्छेलाई दोषी देखाउनु एकै हो,’ रणबहादुर भन्दैथियो । ‘हाम्रो समाज नै यस्तै झूटमा बाच्न अभ्यस्त भइसक्यो, हामी के गर्न सक्छौ र ?’ भीमसेन निराश देखियो । ‘जे गर्छन प्रजाले गर्छन’, सुनौलो मुहारकी त्रिपुराले यस्तो भन्दा अनुहारभरी आशाका किरण छरिएका थिए, इन्द्रेणीका सात रङसरी । नभन्दै तिनका आ“खा अगाडी एउटा युग समाप्त हुदै थियो ।

त्यसैबिच एउटा ठूलो कष्ट आइलाग्यो ।

‘दाई मार्नेले नियुक्त गरेको एउटा स्थापित भन्नेले मलाई बेच्ने अनुमति दिएछ,’ एक बिहानै भीमसेनलाई स्तम्भले रुदै भन्यो । ‘कसरी बेच्ने भएछ ?’ भीमसेनले लामो सास फेर्दै भन्यो । ‘म बुढोको बुई चढ्नलाई दिने रे, चढ्न आउनेस“ग पैसा उठाउने रे, त्यो पनि सरकारले होइन, एउटा गुण्डाको कम्पनीले †’ भीमसेनलाई स्तम्भको टुप्पोबाट सुन्धारमा हामफाले जस्तै भयो । ‘विचरो यो बुढो भइसक्यो कसरी थाम्ला यस्ले ?’ मनमनै भीम गम्यो । खुइय्य † लामो सास फेर्दै रणबहादुर र त्रिपुरा पनि आइपुगे । तिन्ले अघि नै खबर पाइसका रहेछन् ।

तीनैजना स“गै बसेर रोए । स्तम्भले साथ दियो । तिनका आशुले स्तम्भका नौ वटै तला भिजे । तर, त्यहा तिनिहरुको क्रन्दन सुनिदिने कोही थिएन । स्थापितले बुढो भीमसेनस्तम्भलाई रेडलाइट एरियाकी नगरबधु जस्तै बनायो । अब दिदैपिच्छे भुु“इबाट निस्कने छिचिमिरा जस्तै मान्छे आउन थाले । तिनले बुढो भीमसेनस्तम्भलाई जताततै कुल्चिन थाले । थुक्न थाले । सुम्सुम्याउने, काउकुती लगाउने, कोट्याउने, निचोर्ने, हल्लाउने त कत्ति हुन् कत्ति ।

अब त्रिपुरा, रणबहादुर र भीमसेनको कचहरी गर्ने ठा“उ पनि भएन । अरुहरुले नै बिहानदेखि बेलुकासम्म ओगट्न थाले । तिनको कचहरीग्राम कोलाहलग्राम भयो । बिचराहरु कैयौ दिनसम्म एक अर्कालाई नभेटी बस्न बाध्य भए । स्तम्भ पनि कोलाहलमा एक्लो भयो । न पीडा सुनाउने कोही छ, न मलम लगाइदिने कोही । हज्जारौका बिच एक्लो । नितान्त एकलका“टे ।

शासन फेरियो । राजा भन्ने शब्द शब्दभण्डारमा सिमित भयो । तर, भीमसेन स्तम्भको बलात्कार रोक्ने कसैले पहल गरेन । अझ बलात्कार बढ्यो । बिचरो स्तम्भ दैनिक सयौको बलात्कार खपेर बस्न बाध्य भयो बगाल छुट्टिएको हरिणको पाठो जस्तै ।
पुस्तकको एउटा भाग सकियो । अर्को पाना पल्टाए खालि थियो ।

‘डिड यु फिनिस्ट फस्ट पार्ट ?’ झण्डै छ फिट अग्ली गोरी पा“च फिट ती इन्चको म अगाडी उभिएकी थिई । म पर्खालमा बसेर पढिरहेको थिए । उसले निहुरिएर मस“ग बोल्दै गर्दा उसको खुकुलो टिसर्टबाट वक्षस्थल प्रष्टै देखियो । ‘मोरीको शरिर पनि कत्ति गोरो, चामलको पिठोजस्तै,’ अनायासै मेरो मन बात मार्न थाल्यो । आ“खा पुस्तकबाट बाहिरिएर टक्क उसको त्यही गोरोपनमा अडिए ।

‘ह्वाट ह्यापेन्ड ?’ उसले झक्झक्याएपछि मात्र मेरो तन्त्रा खुल्यो । ‘नो थिङ, आई वाज थिङकिङ अबउट दिस स्टोरी’ मैले कृतिम मुस्कानका साथ भने । ‘अर्को पार्ट पनि छ,’ अनौठो लवजमा उसले भनी ।

‘देन आई ह्याव टु फिनिस्ट इट राइट नाउ, डु यु ह्याव एनी प्रोब्लोम ?’

‘नो नो यु क्यान फिनिस्ट, दियर इज नट मच नाउ ।’

पुस्तकको अर्को पाना पल्टाए । त्यहापनि खाली पानाको बिचमा एउटै वाक्य लेखिएको थियो ।

‘आजको दिन’

रणबहादुर, त्रिपुरा, भीमसेन र स्तम्भको भेट नभएको दश वर्ष भइसकेको थियो । वसन्त ऋतुको मध्य । भीमसेन स्तम्भ दैनिक बलात्कार सहेर पनि मौन थियो । पीडालाई भुलाएर उभिएकै थियो । जन्मका बखत यही स्तम्भ थियो कान्तिपुरीको सबैभन्दा अग्लो शिखर । आज उसैका वरीपरी उ भन्दा अग्ला घर बनेका छन् । उस बखत हरियाली थियो सहरभरी । वसन्तमा फुल्थ्यो शिरिष । अहिले त्यो रुख विरुवाको जंगल कहा“ छ र ? छ त केवल कंक्रिटको जंगल ।

आज बिहानै देखि घामको प्रकाश बेग्लै छ । लाग्छ सूर्यग्रहण नै लाग्न लागेको छ । दिन उदास देखिन्छ । समयमा कुनै उत्साह र उमंग देखिदैन । घरी बादल लाग्न खोज्छ घरी घाम । स्तम्भले खै किन हो आज ‘भीमसेन, त्रिपुरा, रणबहादुर’ सबैलाई खुब ‘मिस’ गरिरहेको छ । ‘साला बलात्कारीहरु आउछन्, मस“ग सेल्फी खिचेर जान्छन्, मलाई एउटा भीमसेनको फोटो खिचेर ल्याइदिन सक्दैनन्,’ स्तम्भ भित्रभित्रै मुर्मुरिएको थियो ।

मध्याह्न हुन लाग्दै थियो । एकाएक सहरको माथिमाथि चराहरु उड्न थाले । कुकुर भुक्न लागे । बादल मडारियो । मान्छेको भिड स्तम्भमा लागिरहेकै थियो । आज शनिबारको दिन । स्तम्भले सोच्यो, ‘ओहो आज त मैले झन धेरै बोझ बोक्नु पर्छ, मेरो बुढो जीउले कत्ति थाम्ने हो, हे † भगवान् मलाई लिएर जाउ बरु ।’

ठिक त्यसै समय भीमसेन, त्रिपुरा र रणबहादुर पनि दिक्क मान्दै थिए । तिनले आफ्नै अगाडीबाट मूर्ति चोरिएको देखे । गरिबको उठिबास लगाएर गुण्डाहरु धनी भएको देखे । आफ्नै घरको छेउछाउमा निर्दोष युवतीहरु बलात्कार भएको साक्षी बसे । अन्यायको घाउले तन मन गलेकाहरुलाई न्यायालयले नुनचुक छर्केको अनुभव गरे ।

‘भो अब अत्ति भो, बरु यमराजकै राजमा जाउला, पाप कटाउला’, भीमसेनले मनमनै गम्यो । ‘उसबखत बाहठ्ठी हरण गर्दा मलाई कत्तिले पाप गर्यो भने, मैले धनीको सम्पती हरण गरेर राज्यमा ल्याए, गरिबलाई दिए, यहा गरिबको सम्पत्ती हरण गरिरहेका छन्,’ भीमसेनले दुवै मुठी कस्यो, ‘लौ शिव मलाई लिएर जाउ, नत्र रसातल तिर पठाइदेउ ।’

‘यी पापीलाई मैले कति नमस्कार गर्नु ?’ थापाथलीबाट त्रिपुराले भनिन्, ‘हे इश्वर मलाई पाताल पठाइदेउ बरु ।’ रणबहादुर पहिलै थाकिसकेको थियो । एक नम्बरको सन्की न पर्यो । उसको पारो तातेर आयो । ‘बरु म फेरि पातालमै जोगी बनौला मलाई उतै पठाइदेउ हे † पशुपति नाथ, अब अति भो, म सहन सक्दिन ।’

चारैजनाको चित्कार सुनिरहेकी धर्ती माताले सोचिन्, ‘हो, कान्तिपुरी हाक्नेहरु तिमीहरुले प्रकृतिको नियम बिर्सियौ, कमसेकम नियमलाई जित्छु भन्ने घमण्ड नगर ।’ उनले तुरुन्दै कैलाशेश्वरलाई बोलाइन् । ‘यी चारले बिलौना गरे, यीनीहरुले नर्कमा भोग्ने भन्दा बढ्ता यातना यही भोगिसके,’ माताले कैलाशेश्वरलाई भनिन्, ‘तिमी वैकुण्ठपतिलाई बोलाएर यीनलाई वैकुण्ठ धाम लैजानु भन्देउ, म छाडा भएका कान्तिपुरीका मालिकहरुलाई मेरो नियम सिकाउछु ।’

जब कैलाशेश्वरले वैकुण्ठपतिलाई बोलाएर सबै बेलिविस्तार लगाए, माताले महाकम्पन छाडिन् । चारैजनाले वैकुण्ठधाम जान मञ्जुर भए । पुष्पक विमानमा चढेर उता लागे । यता कान्तिपुरी धुलोपुरी भयो । क्ष्ँणभरमै भीमसेन स्तम्भ जमिनमा मिल्यो । इतिहासको एउटा युग सकियो ।

क्याथरिनको पुस्तकका पाना सकिए । मैले उसतिर नजर लगाउन नपाउदै क्याथरिनले अंकमाल गरी । ‘डन्ट वरी, इन्डिङ अफ एभ्री हिस्ट्री इज द बिगिनिङ अफ न्यू हिस्ट्री,’ यसो भन्दै गर्दा उसका आ“खामा आ“शु थिए, ‘वी मेक न्यू हिस्ट्री, आइम विथ यू’ उसले भनी ।

‘वी मेक न्यू हिस्ट्री, आइम विथ यू ।’

‘वी मेक न्यू हिस्टी….’

‘वी वी……….’

‘के भयो होउ ? के वीइइइइइइ वीइइइइइइइइइ ?’ उनले मलाई झक्कझक्याउदा झल्यास्स भए ।

‘खोइ क्याथरिन ?’ अझै मेरो दिमाग तन्द्रामा नै थियो ।

‘को क्याथरिन ? मस“ग सुतेर क्याथरिन खोज्ने ?’

ओहो † बल्ल याद आयो । मैले त सपना पो देखेको रहेछु । उफ †

‘नानु मैले सपना देखेको रहेछु, कस्तो नराम्रो सपना देखे ।’

‘के भयो डियर ? कस्तो सपना ?’

‘धरहरा लडेको सपना, ठूलो भुइचालो गएको सपना, नेपाल तहसनहस भएको सपना ।’

‘केही हुदैन, नडराउनु, सपनालाई सपनाकैरुपमा लिनुपर्छ ।’

‘घ्यार घ्यार घ्याररररर ।’

बेडस“गैको टेबुलमा राखेको स्मार्टफोन भाइब्रेट गर्यो ।

‘ओहो † बाको फोन’ फोन उठाउनुभन्दा पहिले मुखबाट यीनै शब्द निस्किए ।

‘बुबा दर्शन ।’

‘दर्शन बाबु, यहा त ठूलो भुइचालो गयो, हामी सबै सुरक्षित छौ तर काठमाडौ चंै पुरै सक्कियो ।’

उनले लामो सास फेरिन । दाइने हातले निधारमा ठोकेर जुरुक्क उठिन् ।

‘अनि धरहरा बुबा ?’

‘धरहरा पनि लड्यो, धेरै मान्छे पुरिएका छन् रे †’

मेरा नौ नारी गलेर आए । भर्खरै देखेको सपना विपना बन्यो । यो कस्तो संयोग हो ? मेरो दिमागले काम गर्न सकेन । थ्याच्च भुइमा बसे । दुवै हात दुई चल्नीमा लगाएर एकछिन टाउको थिचे ।

‘बाबा † प्लिज टेन्सन नलिनु, हामी बनाउछौ धरहरा ।’

‘उफ † कसरी बनाउछौ तिमीले ?’

‘हामी बनाउछौ,’ उनले ओडिराखेको ब्लाङ्केट फालेर पलङबाट भु“इमा झरिन् । पिंक कलरको स्लिपिङ ड्रेसमा उनका भित्री अंगहरु आधाआधा देखिएका थिए । मलाई अंकमाल गर्दै गाला जोडिन् ।

‘डु यु नो वेबी, अफ्टर नाइन मन्थ आई विल गिभ बर्थ अफ भीमसेन,’ उनको गुलाबी मुहार लाजले पुरै रातो भएको थियो, ‘अनि हामी दुइजना र हाम्रो भीमसेन मिलेर धरहरा बनाउने ।’

म अझै अर्कै चेतनामा थिए । उनले मेरो दाइने हात समाइन् र मेरो हत्केलाले मेरै ओठ छोपिदिइन् ।

‘बाबा † महाभारतमा पनि भीमसेन कुमारी आमाबाट जन्मेका थिए, हाम्रो पनि बिहे भएको छैन, तर सन्तान जन्मदै छ’ सागर जस्तै गहिरा आ“खाले मलाई हेर्दै भनिन्, ‘हामी तिन भएर धरहरा बनाउछौ ।’

लण्डन क्यानरी वाफस्थित होटल ब्रिटानीकाको तेस्रो तल्लाको छौ हामी । झण्डै चार वर्ष दश नङ्ग्रा खियाएपछि ‘लभ एनिभर्सरी’मा यो होटलसम्म आउने साइत जुरेको थियो । भुइचालोको खबरले ‘एनिभर्सरी प्लान’ नै चौपट भयो ।
कोठामा झुण्ड्याइएको भित्ते घडिले बिहानको सवा ६ बजेको देखाइरहेको थियो । उनले मेरो हात ओठबाट हटाइन् र हाम्रो चारै ओठलाई एक बनाइन् ।

‘हामीले हाम्रो चार ओठ जोडेर एकै बनाए जस्तै हरेक नेपालीलाई एक–एक इ“टा जोडेर धरहरा बनाउन उत्साहित गर्नुपर्छ, बुझ्नु भो’, गुलाबी ओठबाट यस्ता शब्द निकाल्दै गर्दा उनको अनुहारमा शोकका बेला पनि शक्ति थियो ।

‘हवस् नानु, वी विल मेक धरहरा एज वेल एज आवर कन्ट्री’ मैले उनलाई अंकमाल गरेर भने । ‘हामी आजैदेखि यो काम गछौ,’ दुवै काधमा पाखुरा राख्दै उनले भनिन्, ‘हाम्रो एनिभर्सरी पार्टी क्यान्सिल, धरहरा र नेपाल निर्माणको कोषमा पार्टीका लागि छुट्टयाएको बजेट राखौ ।’ मैले ज्ञानी बालकझै सहमतीमा मुन्टो हल्लाए ।

उनी रेस्टरुम छिरिन् । मैले झ्यालबाट पर्दा हटाए । बाहिरपट्टि एचएसबिसी बैंकको टावर उस्तै खडा थियो । मेट्रोलाइनबाट रेल कुद्दै थियो । थेम्स नदीको पानी तलाउझै स्थिर थियो । सायद सबैले भन्दै थिए ‘नआत्ति त हामी पनि तेरै साथमा छौ ।’

९ जेठ २०७२ नागरिक दैनिकमा प्रकाशित ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *