व्यङ्ग्य कविता : दशैं

~बद्री पौडेल~

सोचेथें प्रत्येक दशैंमा नेपाल जाउँला
बुढा बाआमाको हातबाट टीका लाउँला
हरियोपत्ताको लोभी मनले जाने आँट गरेन
बाबुआमा मरेर गए पत्तो हातमा परेन

नेपालबाट एकाबिहानै श्रीमतीको फोन आयो
ए बुढा थाहै होला अब त दशैं लाग्यो
डेढ लाख खर्चेर तिमी दशैंमा यता नआऊ
त्यसको सट्टा एउटा आइफोन– ६ पठाऊ

बद्री पौडेल, न्यूयोर्क

(स्रोत : विश्वन्युज डट कम )

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.