कविता : शब्द फूल

~भिम बहादुर थापा~Bhim Bahadur Thapa

नचिने नि
आज चिनेर तिमीलाई
नबुझे नि
आज बुझे झैं तिमीलाई
स्वागतको
यो एक शब्द फूल।
**
बिर्सिए नि
आज संझेर तिमीलाई
ओइलिए नि
आज सजल तिमीलाई
स्वागतको
यो एक शब्द फूल।
**
हिंजै भेटे नि
बिगत संझाउन तिमीलाई
पराई देखे नि
मैत्री गाँसेर तिमीलाई
स्वागतको
यो एक शब्द फूल।
**
नजाँचे नि
शालिन देखेर तिमीलाई
नजाने नि
माया साँचेर तिमीलाई
स्वागतको
यो एक शब्द फूल।
**
कौटिल्य लुके नि
मानवी देखेर तिमीलाई
यथार्थ छिपे नि
पौरखी बुझेर तिमीलाई
शुभ-कामना’को
यो एक शब्द फूल।
**
भावुक भए नि
रसिक ठानेर तिमीलाई
सामान्य देखे नि
विशाल जानेर तिमीलाई
शुभ-कामना’को
यो एक शब्द फूल।
**
साईत नैं छुटे नि
शुभ, यो सोचेर तिमीलाई
बोली यो दुखे नि
कामना साँधेर तिमीलाई
शुभेच्छा’को
यो एक शब्द फूल।
** **

03/20/2009

भिम बहादुर थापा
वासिङ्टन, अमेरिका।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.