कल्पना पौडेल “जिज्ञासु”का तीन देशभक्ती मुक्तकहरु

~कल्पना पौडेल “जिज्ञासु”~Kalpana Paudel Jigyasu


दिनहुँ पत्रिकामा अशुभ समाचार देखेर दिक्क लाग्छ
सत्तामा पुगेका देश लुट्ने गद्दार देखेर दिक्क लाग्छ
हजारौं जनताको आहुतिको खै? क्षमा याचना सम्बोधन
तिनै निष्ठुरी हत्याराको सरकार देखेर दिक्क लाग्छ


क्रान्तिको नारा घोक्दै मसाल बोक्ने हात जन्माउनुछ
अन्यायको प्रतिरोध गर्दै लड्ने साथ जन्माउनुछ
सजिलै त कहाँ आउँछ ? आमुल परिवर्तन देशमा
गरिबी मुक्तिको लागि कहालीलाग्दो रात जन्माउनुछ


गाउँ बेशी जुर्मुराउँदै उठौं देश प्रेमी सारा
सङ्घीय राज्यको बिरुद्धमा लगाउँदै नारा
अभिभारा बोकौ देशको नयाँ रच्न इतिहास
एकतानै हो हतियार चाहिँदैन खुकुरी आरा

गैडाकोट,- ४ , नवलपरासी
हाल:- इजरायल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.