कविता : किन नेपाल गरीव

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

खोज्न हिड्छन् समुन्द्रमा मोतीका दाना ।
हाम्रैबाट गयकाहुन् ती अमुल्य खजाना ।

बग्नदीयौं टुलुटुलु हेरी बुझ्न सकेनौं महत्व ।
किन्छौं खनखनगनी हाम्ले हाम्लाई चिनेनौं ।
नाभीमा कस्तुरी राखी खोज्दै हिड्छौ कस्तुरी ।
नेपाली गरीव भयौं नेपाललाई नचिनी ।
अनुपम् प्रकृतिका सम्पत्ति छन् नेपालमा ।
नगदमा परिणत गर्ननसक्ने नीरीहभयौं नेपाली ।

धार्मिक प्राकृतिक मनोरमको गर्नु पर्छ प्रचार ।
तिर्थ मठमन्दिर देवालयको गर्नु पर्ने संरक्षण ।
नीजी स्वार्थले थिलथीलो भयकोछ नेपाल ।
स्थिरता नचाहनेले देश गीजल्छन् छिन्छीन ।
समस्या सडकमा ल्याउने जनतालाई दु:खदिन ।
राष्ट्रका अवयव वन्दगर्ने कस्तो हो यो दुश्चाला ।
पाईलैपिच्छे नेपाल वन्दले घट्दैगाछ आकर्षण ।
किन आऊाछन्? पर्यटक ब्यहोर्न अनेक झमेला ।
उद्योग कलकारखाना छैनन् कुनै वीशाल ।
रोजगार सिर्जना गर्ने छैनन् अरु विकल्प ।
ठीलोगर्न हुदैन अव त गरौं सम्पदाको संरक्षण ।
बनाऔं तिर्थस्थलमा स्नानघाट र धर्मशाला ।
रिडी देवघाट चतराधाम मनोरम मुक्तिनाथ ।
यस्ता मनोरम अनेक छन् तिर्थस्थल र संपदा ।
शान्तिका अग्रदुत बुद्धको जन्मस्थल हो नेपाल ।
नेपालीले चिन्न सकेनौं आफ्ना वैभब विशाल ।
आराध्यदेव विराजमान छन् यहि हाम्रो नेपाल ।
भन्दैछौं राज्यको हुादैन कुनै धर्म सास्कृति रिवाज ।
कस्तो नीतिले सम्वृद्ध बनाऊने हाम्रो देश नेपाल ।
धर्म सास्कृति रितिरिवाजलाई चाहिने रहेछ पर्खाल ।
आयातित सास्कृतिले ल्याऊादैछ विकृती र विनाश ।
जात जाति धर्म संस्कृतिमा गर्नु हुादैनथ्यो विवाद ।
आर्थिक सम्पन्नताले पुर्नुपथ्र्यो विभेदको खाडल ।

सापेक्षको दुत्कारमा निरपेक्ष्यले खोजदैन समाधान ।
बाटो कहाा बिरायौे अनुपमको उपमा हाम्रो नेपाल ।
लोप हुनै छ भने मेटाऊा धर्म सास्कृति रितिरिवाज ।
कुत्सितभावना मनमाराखी किन गर्छाै खेलवाड ?
संसारकै अग्लो हिमशैल छ हाम्रो यहि नेपाल ।
छन् जडीबुटी हिमगंगा तालतलैया हिमाल ।
प्रकृतिका सम्पन्न नेपाली किन भएकाछन् गरिव ।
कहाा चुक्यौं हामी समीक्षाले निकाल्छ कि निकाश ।
खोस्ने हक छैन मानवको नैसर्गिक अधीकार ।
ब्यवस्था जेसुकैहोस् चाहिने गास वास कपास ।
यस्तो हानथापमा कहिले गर्ने हाम्रो देशको विकाश ।
शिरबाट मुकुट खसाऊने होईन रहेछ पुरुषार्थ ।
कहिले देखी कतिले संहाले देशको शासनभार ।
कति भयों विकास नेपालमा सिर्जना रोजगार ।
तााती लागि पलायनभाछन् देशका युवा जमात ।
जवाफदेहि हुन नपरने भई देशको प्रमुख ।
आफ्नै आसेपासे रिझाएर देख्ने देशको विकास ।
सिर्जनशिलबाट दिनको कहिल्यै नहुने सुरुवात ।
कहिल्यै राम्रो सुन्न नपाईने सन्देश र समाचार ।
के भन्दा हुन् विदेशीले देखेर कार्यशैली र चाला ।
कहाा पुगे हाम्रै हाराहारीका अन्य देश परदेश ।
राजनीतिलाई मिायो ठानेर ओझेल पार्छाै आर्थिक ।
जिम्मेवारी जवाफदेहीको नेपालले पाऊला सरकार ?

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *