भावना परिष्किृत सुनुवारका सात हाइकुहरु

~भावना परिष्किृत सुनुवार~ Bhawana Parishkrit Sunuwar

पौरख गरे
फुल्छ जीवन सुन
मूल्य बढ्दो छ

अल्छीको घर
दरिद्रताको डेरा
दुःख र आँसु

जनता दुम्बा
छाडा साँढे भो नेता
नीति भो भ्रष्ट

संघ र संस्था
बेलायती नेपाली
देखा र सिखी

नेपाली भाषा
सबै नेपालीलाई
कस्ने डोरी हो

मीठो बातले
पग्लिन्छ ढुंगे मन
नौनी बनेर !!

तितो बचन
धेरै पर सार्छ नि
मनको दूरी !!

भावना ‘परिष्कृत’
हाल : बेलायत

(स्रोत : विश्वन्युज डट कम )

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.