गीत : मलाई जस्तै…

~विजेता थेबे लिम्बु~

मलाई जस्तै उनलाई पनि यस्तै हुँदो हो ।
रात दिन सम्झी सम्झी त्यो मन रुँदो हो ।।

तिमी मेरो प्यार भन्थ्यौ हुन्छ मान्छु म ।
जनम जनम साथ दिने कसम खान्छु म ।।

मलाई जस्तै उनलाई पनि त्यस्तै हुँदो हो ।
साँझ बिहान परपल मलाई सम्झी बस्दो हो ।।

तिमी भन्थ्यौ म सुन्थे हाम्रा प्रेमका कथाहरु ।
सम्हालेर राखौं हामी ती पिरतीका गाथाहरु ।।

मलाई जस्तै उनलाई पनि त्यस्तै हुँदो हो ।
चञ्चल नयन हरपल मलाई हेर्न खोज्दो हो ।।

मलाई जस्तै उनलाई पनि यस्तै हुँदो हो ।
रात दिन सम्झी सम्झी त्यो मन रुँदो हो ।।

विजेता थेबे लिम्बु
न्यूयोर्क

(स्रोत : विश्वन्युज डट कम )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.