अनूदित कोरीयन लोक कथा : दाउरे र बाघ

कोरीयन लोक कथा
अनुवाद : ओमप्रकाश गुरुङ

धेरै वर्ष पहिले पहाडको छेउमा एक जना दाउरे र उसकी बुढी आमा बस्थे। एक दिन दाउरे सधैँ जसो जङ्गलमा दाउरा काट्न गएको थियो, दाउरा काटिरहेको समयमा दाउरेले अचानक एउटा बाघ देख्यो र उ साहृै डरायो। डरले उसका हात खुट्टा काप्न थाले, घरकी बुढी आमालाई सम्झ्यो। मलाई बाघले खायो भने मेरी बुढी आमाको हेरचाहा कसले गर्छ, आमा बिरामी हुदाँ कसले औषधी पानी दिन्छ, इत्यादी कुराहरु मनमा खेलाउन थाल्यो, उसलाई झन् डर लाग्न थाल्यो। अन्तत उसले बाघबाट बच्नको लागी एउटा जुक्ति सोच्यो र बिनम्रतापुर्वक बाघ सँग भन्यो थाल्यो, “ बाघ दाई! तिमी मेरो जेठो दाई हो, धेरै वर्ष अघि जङ्गलमा दाउरा काट्न आउँदा तिमी जङ्गलमा हराएका थियौ, हामीले कती धेरै ठाउँमा तिमीलाई खोज्यौ, तर कतै भेटाउन सकेनौ, आमाले प्रत्येक रात सिरानीलाई आँसुले भिजाउदै तिमीलाई सम्झदै रुन्छीन्……. किन केही नभनी कता हराउनु भएको हो थियो तपाई?” दाउरे को कुरा सुनेर बाघलाई अचम्म लाग्यो र उ हाँस्न थाल्यो, केहीबेर हाँसेपछी बाघले भन्यो, “ हेर दाउरे म बाघ हो, मान्छे होईन, तिमी र म कसरी दाजुभाई हुन सक्छौ? ”

बाघका कुरा सुनेर दाउरे झन् डराउन थाल्यो र कापेको स्वरमा भन्न थाल्यो, “ बाघ दाई तिम्रा आँखा ठुला र पाखुरा बलीया थिए, तिमीले कसरी निश्चय गर्यौ कि हामी दाजुभाई होईन भनेर?” दाउरेका कुरा सुनेर बाघ अलमल्ल प¥यो र मनमनै सोच्न थाल्यो, म कसरी दाउरेको दाई हुन सक्छु , कतै दाउरे म सँग झुट बोलीरहेको त छैन, बाघले आँफैलाई प्रश्न ग¥यो, फेरी म दाई हुँ वा होईन भन्ने कुनै प्रमाण पनी त छैन? बाघले भन्यो “ दाउरे तिमी मसँग झुट बोलेको त होईन, यदी झुट बोलेको रहेछौ भने म तिमीलाई खाईहाल्छु नि फेरी” बाघको यस्तो कुरा सुनेर दाउरेले बाघलाई आफ्नो दार्इृ भएको कुरा विश्वास दिलाउनको लागी अनेकौ उपाया सोच्यो र भन्यो, “बाघदाई ! मेरो दाई छिटो–छिटे दौडन र शिकार खल्न मन पराउँथ्यो, के तपाईलाई छिटो दौडन र शिकार खेल्न मन पर्दैन र?” दाउरेको कुरा सुनेर बाघले मनमनै सोच्यो, म छिटो दौडन र शिकार खेल्न सक्छु , साँच्चै म दाउरेको दाई नै हु र? बाघ शान्त भयो र दाउरेलाई आफ्नो भाई सम्झेर करुणाको नजरले हे¥यो। बाघले आफुलाई साँच्चै नै भाई सम्झेको र निनाउरो मुख लगाएको देखेर दाउरे भाबुक भयो र आँखाबाट आँसु झार्दै रुन थाल्यो। आफ्नो दाउरे भाई रोएको देखेर बाघ पनी मन थाम्न नसकी रुन थाल्यो।

केही छिनको रुवाई पछी बाघ सम्हालीदै आमाको हालखबर सोध्न थाल्यो। बाघको कुरा सुनेर दाउरे ले भन्यो, “ बाघदाई आमा अहिले सन्चै हुनुहुन्छ, तपाईलाई सधै सम्झिरहनु भएको छ , तपाई हराएपछी आमा न राम्रो सँग सुत्नु भएको छ न राम्रो सँग खानु नै भएको छ। आमा र म तपाईलाई १० वर्षदेखी पहाड तथा जङ्गलमा खोजीरहेका छौ, हामी सँग भएको सबै धनसम्पती पनी सकियो, आमा तपाईको पिरले सधै रोई मात्र रहनुुहुन्छ। ” दाउरेको कुरा सुनेर बाघ असाध्यै रोयो र दाउरे आफ्नै भाई भएको कुरा बिश्वास ग¥र्यो, बाघ रोएको देखेर दाउरे पनी रुन थाल्यो। बाघले मन मनै आमालाई सम्झो र दाउरे सँग भन्यो “भाई मलाई माफ गर मैले तिमी र आमालाई बिर्सीएछु” बाघले अब आफ्नो भाई र आमालाई पुर्ण हेरचाहा गर्ने अठोट ग¥र्यो।

साँझ झमक्कै भईसकेको थियो, दाउरे बाघदेखी झन डराउन थाल्यो र बाघबाट छुटकारा पाउने उपाय सोच्न थाल्यो र घर जाने तरखरमा लाग्यो र बाघलाई भन्यो, “बाघदाई अब म घर जानु पर्छ, आमा आत्तीनुहुन्छ। चिन्ता नलीनु दाई मैले तपाईलाई आज भेटेको कुरा आमालाई भन्छु, आमा ज्यादै खुशी हुनुहुनेछ,। अब म आमाको राम्रो हेरचाहा र कडा परिश्रम गर्नेछु” दाउरेको कुरा सुनेर बाघले आफुले विगतमा गरेका गल्तीलाई सुधार्दै अब परिवारको लागी राम्रो काम गर्ने र परिवारलाई सधै हेरचाह गर्ने कुरा बतायो र दाउरेलाई घरजान र आमाको राम्रो हेरविचार गर्न भन्यो। बाघबाट बच्न सफल भएकोमा दाउरे खुसी हुदै हस्याङ फस्याङ गर्दै घर पुग्यो र दिउँसो को सबै कुरा आमालाई सविस्तार सुनायो। बाघलाई नराम्रो सँग ढाँटेको र बाघले आफ्नो सबै कुरा पत्याएको सम्झेर दाउरेलाई हाँसो उठ्यो र उ बेस्सेरी हाँस्यो।

अर्को दिन दाउरे सबेरै जङ्गल जान हिडेको थियो, उसले आफ्नो घर नजीकै एउटा मरेको बन सुगँुर देख्यो। उसलाई अचम्म लाग्यो किनकी उसले कहिल्यै घर नजीकमा यस्तो देखेको थिएन। उसले एकछिन बिचार ग¥र्यो, र पछी थाहा पायो त्यो सुँगुर त बाघले शिकार गरेर उसलाई र आमालाई ल्याईदिएको रहेछ। दाउरे खुसी भयो र विभीन्न परिकार बनाएर आमा र आफुले खायो र सदाझै जङ्गल तिर हिड्यो। समय बित्दै गयो बाघले प्रत्येक दिन आमा र दाउरे भाईको लागी केही न केही उपहार ल्याएर पहिले झै घर नजीकै छोड्न थाल्यो। दाउरे र उसको आमा दिनहु मासु र विभीन्न परिकार खान थाले र ती बाघले शिकार गरेर ल्याएका जनावरका हाड तथा छाला बेचेर मनग्य आम्दानी गर्न थाले, र दाउरे र उसकी आमाले सुखका साथ जिवनयापन गर्न थाले। छोराले बाघलाई ढाँटी सुखमय जिवनयापन गर्न पाएकोमा र आफ्ना दुःखका दिन गएकोमा आमाले आफ्नो छोरा र पहाडलाई धन्यवाद दिईन्न, र सफल छोरा जन्माएकोमा आफुलाई धन्य ठानिन्न्।

समय बित्दै गयो, तर घर नजीक शिकार भने आउन छाडे, दाउरेको घरमा पुन पहिलेको अवस्था दोहोरीयो, आमाले खानेकुरा पाउन छाडीन् र उनी एक दिन बसेर रुन थालीन् र उनकले धेरै आँशु झारिन्न। केही समयपछी दाउरेकी आमाको देहान्त भयो, उ अब नितान्त एक्लो भयो। अर्को दिन सदाझै दाउरे निन्याउरो अनुहार लिएर जङ्गल गयो, संयोगबस उसले त्यही बाघलाई भेट्यो र आमाको मृत्युको खबर बाघलाई सुनायो। यो खबरले बाघ बेस्सेरी रोयो र आफुलाई धिक्कार्यो र आफुलाई कत्र्वय बिहीन छोरा सम्झियो । बाघले आमालाई भेट्न जान नचाहेको भने होईन तर आफु बाघको रुपमा आमालाई भेट्न जाँदा आमा तर्सन डरले उ आमालाई भेट्न जान सकेको थिएन तर अब ढिला भईसकेको थियो। बाघको यस्तो अवस्था देखेर दाउरे दुःखी भयो र उसलाई आफुले बाघलाई ढाँटेकोमा पश्चताप लागेको थियो। तर बाघले भने दाउरेलाई आफ्नै भाई सम्झेको थियो, यिनै कुरा मनमा खेलाउदै दाउरे बाघसँग बिदा लिएर घर फर्यो, र बाघलाई सबै कुरा यथार्थ रुपमा भन्ने अठोट लियो। र अर्को दिन दाउरे पुन उहि जङगलमा गयो र उसले बाघलाई याता उता सबै ठाँउमा खोज्यो तर कही फेला पार्न सकेन र निराश हुदै साँझपख घर फर्कीयो।

समय बित्दै गयो, दाउरेलाई बाघलाई ढाँटेकोमा र उ सगँ प्रष्चित गर्न नपाएकोमा हिनताबोध भईरहेकोे थियो। एकदिनको कुरा हो एउटा बाघको बच्चालाई दाउरेले आफ्नो घर अगाडी देख्यो, बाघको बच्चाले आफुलाई काका भनेर सम्बोधन गरेको देखेर दाउरे अचम्म भयो,। उसले त्यो बाघको बच्चा सँग वार्तालाप गर्न थाल्यो, पछि उसलाई थाहा भयो कि त्यो बच्चा त त्यही बाघको बच्चा रहेछ, दाउरेले बच्चासँग बाघको बारेमा सोधपुछ ग¥र्यो, बच्चाले रुदै भन्यो “ काका बा त हजुरको आमा बितेपछी सधै रुने अनी केही नखाने हुनाले एकदम कमजोर भई बिरामी हुनुभएको छ, र हजुरलाई भेट्ने ईच्छा गर्नु भएको छ।” बाघको बच्चाका कुरा सुनेर दाउरे चिन्तीत भयो र आफ्नो कमजोरीका कारण बाघ बिरामी परेकोमा पश्चताप मान्यो र बच्चा सँगै बाघको गुफामा बाघलाई भेट्न गयो।

गुफामा बाघको अवस्था अत्यन्तै कमजोर भईसकेको थिया।े बाघलाई देखेर दाउरे भन्यो, “दाई तपाईलाई के भयो? आमाको मृत्यु भएको त बृद्ध भएर हो, किन चिन्ता लिनु भएको?” दाउरेको कुरा सुनेर बाघले मधुरो स्वरमा भन्यो “ भाई म मर्नु भन्दा अगाडी तिमीलाई भेट्ने इच्छा थियो, भेट्न पाए खुशी लाग्यो , अब म सजिलै सँग मर्न सक्छु । हाम्रो आमा बित्नुभयो , मलाई अब यस धर्तीमा बाँच्ने मन छैन, जिउँदो हुुँदा त आमालाई भेट्न पाईन अब मरेपछी स्वर्गमा भेट्नेछु।” बाघका यस्ता कुरा सुनेर दाउरे बाघलाई झम्टेर रुन थाल्यो र मनमनै कुरा खेलाउन थाल्यो, यो सबै मेरै कारणले भएको हो, यदी मैले सबै कुरा सत्य भनेको भए बाघदाई मर्ने थिएनन् होला। उसलाई पश्चताप भयो र सबै कुरा यथार्थ भन्ने निश्चय गर्यो र भन्न थाल्यो “दाई मैले हजुरलाई केही कुरा लुकाएको छु, वास्तममा त्यो दिन मैले डराएर सबै कुरा भन्न सकिन यदी मैले सबै कुरा सत्य भन्दा तपाई रिसाउनुहुन्छ भनेर भन्न सकिन र यो सब हुन गयो ।” दाउरेका कुरा सुनेर बाघ रुदै आफ्नो पञ्जा दाउरेको काँधमा राखेर भन्न थाल्यो “ भाई म आमा र तिमी पाएकोमा अत्यन्तै खुशी छु,” यती बोल्न नपाउँदै बाघको निधन भयो।

अन्त्यमा दाउरेले रुदै बाघको मृत शरीरलाई पहाडमा आफ्नो आमा लाई दाहसँस्कार गरेको ठाँउमा लगेर अन्तेष्ठि ग¥र्यो। दाउरेले बाघदाई लाई सम्झ्यो र खुशीको कामना ग¥र्यो तर यती बेला बाघदाई बाघको शरीरमा यस धर्तीमा थिएन।

“समाप्त”

(स्रोत : खुल्लामन्च डट कम)

This entry was posted in अनूदित कथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *