गीत : ऋतुको पल पल

~दिपेन्द्र खड्का~Dipendra Khadka

ऋतुको पलपल बहार संगै , तिमी नजिक आउन
मुस्कान छर्दै खुसीको बहार बोकी मनमा छाउन

जहाँ ऋतुले साथ खोज्छ त्यहाँ बसन्त छाउछ
तिम्रो मिठो मुस्कानले यो मन खुसीले रमाउछ
ऋतुको पलपल बहार संगै , तिमी नजिक आउन
मुस्कान छर्दै खुसीको बहार बोकी मनमा छाउन

बसन्त ऋतु झैँ परिबर्तन भयो जिबन आज
तिमी आयौ जिबनमा धेरै बाधा हटे आज
ऋतुको पलपल बहार संगै , तिमी नजिक आउन
मुस्कान छर्दै खुसीको बहार बोकी मनमा छाउन

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.