कविता : सम्पत्ती

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

रहेछ केवल राग द्वेश ईष्र्या ।
आफ्नैबाट भईदोरहेछ पिडीत ।
मापन हुादोरहेछ जायजेथाको ।
बनाऊाने सम्पतिले उाचो निंचो ।

बनेन घरबास ओत लाग्नलाई ।
सम्पन्नताले छोएन मलाई ।
सम्मmन्छु एकोहोरो अतित ।
हिजो र आज भएन फरक ।

भोग गर्छन् अनेक सुख सयल ।
बिलाशिताका नबिन साधन ।
स्वभाब तिनका कस्तो ऐयाशी ।
कारमा बस्छन् सिंगार च्यापि ।

नं»रा घोट्दानि भरपेट छैन ।
दिनरात खट्दानि आं» ढाकिदैन ।
कसरी आउादो रहेछ सम्पत्ती ।
केहि नभएकाहरु बने करोडपति ।

न कारखाना न उद्योगधन्धा ।
केबल जागिरमा छ खटन ।
महिनाभरिमा आउने तेहि तलब ।
त्यतिले खर्च कसरी पुग्दछ । ।

दिक्क पर्दछु सामल नजुट्दा ।
छोराछोरीको फिस तिर्न नसक्दा ।
कुपोषणलाई सकिन भगाऊन ।
ख्याउटे र लुरे मेरा सन्तान ।

पद तह तलब सबै एउटै हो ।
कस्तो रवाफ मेरा साथी भाईको ।
च्यातिएकोछ फरिया श्रीमतीको ।
जोहो भा छैन नयाा किन्नको ।

भर छ मेरो अफिसको ड्रेसको ।
जाडो गर्मिको सहारा त्यहि हो ।
जुत्ताको तली छ मेरो फाटेको ।
माथी छ कभर तल खाली त्यो ।

खाजा मासु च्युरा भटमास अचार ।
कस्तो बिचित्रको रहेछ संसार ।
हाकिमका नजिक तिनीहरु रहने ।
साामmमा सधै भोज भतेर हुने ।

लगाऊाछन् कपडा दिनदिनै फेरेर ।
टल्काउछन् सुन गला बाजुमा बेरेर ।
आउछन् अफिस जेल अत्तर टाइमा ।
यसको रहस्य बुझ्नै सकिन ।
१०

कच कच गर्छे श्रीमती हेरेर तिनलाई ।
पद तलब एउटै बिभेद मलाई ।
ठाटीन्छन् श्रीमती हीरामोतिका हारमा ।
अनेक प्रशाधनले परेकाछन् दá ।
११

म कहिल्यै भईन हाकिमको नजिक ।
अफिसको काममै लाग्ने दत्तचित्त ।
ओहोर दोहोर हुन्छ आउछन् मानिस ।
हात समातेर लान्छन् पर पर तीर ।
१२

खासखुस गर्छन् पलाकपुलुक हेरी ।
मिलाऊाछन् हात खुसि हुदै फेरी ।
लौ हजुर काम आज ठ्याक्कै हुने भो ।
हाकिम साहबलाई रिझाउनै पर्नेभो ।
१३

ठेकि बेगारी भन्दथे पहिले पहिले ।
हाकिम रिझाउने भन्दछन् अहिले ।
केबल फरक शब्द उच्चारणमा ।
घुसले बिस्थापित शब्द ठेकि बेगारी ।
१४

भो म खान्न खान्न त्यो घुस सुस ।
स्वाभिमानी हुा मेरो निहुरीन्छ शिर ।
इज्जत फाली किन्नुछैन जुत्तासारी ।
स्वाभिमानले नाङ्गै खुट्टा हिडेकै जाति ।
१५

कति हेप्न मनछ हेप, हेप लौ मलाई ।
घुस्याहा भनेर दरीनु छैन हाय ।
तिमीले जोरेका खेत बारी महलमा ।
भ्रष्टाचारको गन्ध आईरहन्छ हरदम ।
१६

त्यहि बाटा मुनिको गरो र सुर्केबारी ।
त्यसैले गुजारा गरेका थियौ कसरी ?
आज ति सबै भएछन् इतिहास ।
लुटेरै सम्पन्न राज्य र नागरिक ।
१७

पुगेछ शिखरमा तिम्रो खलक ।
सम्पत्तिको उन्मादले गर्दछौ बेईज्जत ।
म त साथी भाई हुा दरिये गरिबमा ।
हैसियत समान थियो हिजो का दिन
१८

कहिल्यै सोह्र कटेन तलबले ।
दिन दिनै आक्रान्त महंगिले ।
१९

धन पैसा सम्पत्तिले मात लागेपछि ।
बद्धि विवेक ब्यबहारले हार खाएपछि ।
बन्नेरहेछन् आफै क्या ठुलो कुलिन ।
गर्दैन मानिसले मानिसको सम्मान ।
२०

देश र सरकार पनि लाग्छ पछि तिनैको ।
ठान्दछ सम्मानीत नागरिक आफ्नो ।
झुत्रेझाम्रे दाशतामा जकडीन वाध्य ।
कहिल्यै पाएनन् सुशाशन नेपालीले ।
२१

मृत्यु शैयामा रहेको नेपाललाई बचाऔं ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *