लघुकथा : लगन

~दिवाकर स्वप्नील~Diwakar Swapneel

बिहे गर्ने उमेर कटेर गइसक्न आँट्यो।कहिले बालबच्चा हुने कहिले हुर्किने ?बुढाबुढी भएपछी हुर्काउन गाह्रो! असक्त हुँदा एउटा हनबेर्नो भए काम अह्राउन हुन्छ , सहारा चाहिन्छ र आस हुन्छ बुढो उमेरमा दुइ घुट्की पानी मुखमा हालिदिने हातको । फेरी बंशको बिडो थाम्ने एउटा पिउसो पनि चाहिदो हो….उफ् आफ्नो त भाग्य मै कन्या लेख्या छैन जस्तो छ ।..केटी हेर्न सालिन्दा जाँदाजाँदा सात जोर जुत्ता ढुट्याइसकियो , खै लगन जुर्ने भा पो ! आफुभन्दा साना फुच्चाफुच्चीहरुको छोराछोरीको बिहे गर्ने बेला हुन आँटो। कहिलेकाँही त लाग्छ बाल ब्रह्मचारी बनौँ आखिर अहिलेसम्म कुनै कन्या छोको भा पो।..धत् त्यसो पनि हुँदैन। आsss ।…लौ रात निक्कै छिप्पिसकेछ सत्नुपर्छ ।भोली एउटा घरमा केटी हेर्न जानु छ फेरी अनिदो आँखाले बिगार्यो भने ?

“ओए प्रभात बिहान केटी हेर्न ग’को थिइस रे नी , कस्ती रैछे केटी ? यो चोटी त पक्कै बिहे खान पाइन्छ होला ।”
“अँ । केटी त चाहेको भन्दा राम्री थी । मनपर्यो यार”
“ल बधाइ छ । बल्ल लगन जुरे जस्तो छ । केटीले पनि मन पराइ नी ? बिहे पक्का हुन्छ हैन त?”
“अहँ”
“फेरी के भो ?”
“केटी म भन्दा एक वर्ष जेठी रैछे !”

चारपाने , झापा ।
swapneeldiwakar@gmail.com

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.