कविता : ईन्द्र जीलाई सम्झदा

~बिजयकुमार श्रेष्ठ~bijay-kumar-shrestha

सबैको आँखाको नानी थिए कसैलाई बिजाउनु भएन
सत्य र न्यायको बारेमा कहिले पनि गलत बाटो रोज्नु भएन ।

डर र कायरतालाई कहिले पनि साथमा लिनु भएन
आफना बत्तित्व कलाको प्रदर्शन गर्न कहि कतै झुक्नु भएन ।

साहसीको पाईला अगाडि बढाएर जनताको सेवा गर्न चुक्नु भएन
आफनो दिव्य दृष्टिमा कसैलाई अन्यायको कसिमा पर्न दिनु भएन ।

अरुको सेवा गर्नु नै ठुलो कत्तव्य हो भन्ने उक्तिलाई कहिले छाड्नु भएन
उहाँले सानो कोहो ठुलो कोहो कहिले नाप्नु र सोच्ने बानि राख्नु भएन ।

मेरो भनेर कहिले भन्नु भएन सधैभरि हाम्रो भनेर अगाडि बढ्न पछि हट्नु भएन
समाज सेवा ,कानूनी ज्ञान देखि पत्रकारीताको माध्यमबाट सेवा दिन चुक्नु भएन ।

दैवको लिलाले गर्दा आज हामीलाई छाडि जानु भयो हाम्रो सामु रहनु भएन
उहाँले छाडि जानु भएता पनि हामीले उहाँको देनलाई कहिले भुल्नु भएन ।।

– ईराक

(स्रोत : ईलम्जुङ् डट काम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.