भावना परिष्किृत सुनुवारका दश हाइकु

~भावना परिष्किृत सुनुवार~ Bhawana Parishkrit Sunuwar

१.
प्रवासी सबै
सधैँको कामकाजी
मानब यन्त्र

२.
स्वदेशभित्र
बेरोजगारी सबै
चिसो अँगेना

३.
सापटी हाँसो
प्रवासी जीवनको
गोजीमा दुःख

४.
बर्षाको ओस
ढुसीले मकिएछ
झुपडीभित्र

५.
असारभरि
धान कोदो रोपेर
किसान ब्यस्त

६.
एरी खानेरे
साउने सक्रान्तिमा
कोइँच पुकी

७.
राँके धपाउ
साउने सक्रान्तिमा
बाली सप्रन्छ

८.
नौनी बिलायो
आगो छेउ हरपे
रसिन थाल्यो

९.
पाकेको फल
साँचेको बोटमा
कुहेर झर्यो

१०.
फुलेर हाँस्यो
यौवन ढकमक्क
सुकुमारीको

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.