कविता : म छेउ मै आइन

~पुष्पा खनाल~Pushpa Khanal

तिमीले नछुनु भन्यौ म छेउ मै आइन
तिमीले नरुनु भन्यौ मैले आँशु झारिन ।

तिम्रो खुशीको लागि म मरेकीछु धेरै चोटी
तिम्रो सुखको लागि म झरेकीछु धेरै चोटी

पुर्याएँ तिम्रा इच्छाहरु मैले आश गरिन
तिमीले नरुनु भन्यौ मैले आँशु झारिन ।

तिम्रो खुशीको लागि मेरो खुशी मारेकी छु
तिम्रो सुखको लागि हजार सुख टारेकी छु

मैले पार गरें धेरै बाधा तिमीमा सारिन
तिमीले नरुनु भन्यौ मैले आँशु झारिन

तिमीले नछुनु भन्यौ म छेउ आइन
तिमीले नरुनु भन्यौ मैले आँशु झारिन ।

पुष्पा खनाल
म्हेपी, काठमाडौं

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.