पत्रकथा : गोपालको प्रेमपत्र र झरनाको बिदेशी प्रेमी

~नारायण भुसाल~

असिम स्नेह अगाध प्रेम केवल तिम्रो लागि मात्र ल !

जिन्दगीको एक यात्रा यात्राको यहि दौरानमा धेरै धेरैसँग परिचय भयो, मित्रता गाँसियो तर पनि त्यस दिनको त्यो मेरो दृश्यले पागल बनायो र मैले तिमीलाई असल मित्रभन्दा पनि बढी उपमा दिए । आज मलाई अचम्म लाग्यो किनकी परिचय हुनुभन्दा अगाडि तिम्रो नाम मनमा गुन्जियो, मनमा तिमी मुस्कुरायौ र आँखाको मेरो लेन्सले तिम्रो तस्विर कैद गरिसक्यो  र मलाई यस्तो लाग्यो किन म भित्र प्रश्न तेस्रिन्छ ? मेरो मनले भन्छ तिमीलाई माया गरौँ, मेरो मस्तिष्कले भन्छ तिमीलाई प्रेमले बाधौँ तर तिमीलाई कस्तो लाग्छ ?  म तिमीलाई निश्वार्थ प्रेम गर्छु भनेर त भन्न सक्दिन किनकी मेरो प्रेममा पनि केही स्वार्थ लुकेको छ, मलाई यस्तो लाग्दछ तिमीलाई चाहानु नै स्वार्थ हो ।

फुलिरहेको फूलमा भमराले छड्के नजर लगाउनु पक्कै पनि केही स्वार्थ हो । पक्कै पनि स्वार्थ भन्दा टाढाको कुरा हुन सक्दैन । यो मलाई पनि थाहा छ कि म तिमीलाई भित्री हृदयदेखि माया गर्दछु तर तिमीले प्रमाण खोज्यौ भने म शिर झुकाउन बाध्य हुन्छु ।

साँच्चै नै म प्रेमको कुनै प्रमाण दिन सक्दिन । अरु प्रेमरोगीहरु भन्छन् माया गरुन्जेल तिम्रो लागि छाती चिर्न तयार छु । तर म छाती चिरेर घाउ बनाउन चाहन्न, नाडी काटेर रगत बगाउने आँट ममा छैन, मोटरबाइकमा सँगै टाँसिएर हिड्ने क्षमता म मा छैन ! केवल छ त मसँग निश्चल एंव चोखो माया । त्यसैले म तिमीलाई बिन्ती गर्छु तिमीले मसँग प्रेमको प्रमाण नखोज । मेरो प्रेममा भौतिक प्रमाण भन्दा आत्मासँग मेल छ ।

प्रिय म के भन्न चाहन्छु भने सँगै बाच्ने कसम खान्छु तर सँगै मर्ने कसम खान सक्दैन । जीवन हामीले सँगै जिएर बाच्ने जस्तो मृत्यु असम्चभव छ । किनकी भोलि म मर्दा न त तिमीले सँगै चितामा जलेर खरानी बन्न सक्छौ, न त म नै सक्छु । त्यसैले म तिमीलाई के भन्न चाहान्छु भने यर्थाथको धरातलभन्दा बाहिर टेकेर कसम खान चाहदैँन, शंका नगर है ल ! म तिमीलाई निश्चल माया गर्छु, यसको अर्थ तिमीले मलाई माया गर भनेर त भन्न मिल्दैन । मेरो प्रेम कुनै निती नियममा बाधीएको छैन । तिमी स्वतन्त्र छौ इच्छा भए हुन्छ नभए हुन्न भन । यदि तिमीलाई म भित्रको प्रेम स्वीकार भए प्रेमको ताली बजाउ यदि छैन भने विरोधको घण्टी बजाउ र म अब तिमी जस्तो शिक्षित नारीलाई धेरै भन्न चाहन्न । यति भन्दै यो प्रेमपत्रलाई बन्द गर्न चाहान्छु स्वीकार गर ल !

तिमिलाई अन्तिम साश सम्म मायाको प्रण गर्ने “गोपाल ”

यो प्रेमपत्र गोपालले झरनाका नाममा लेखेर उनको इमेल आईडीमा सेन्ट गर्‍यो | उ प्रतिक्रियाको व्यग्र प्रतिक्षामा थियो | प्रेमपत्र पठाएको रात उसका आँखामा निद्राको कुनै लक्षण देखिएन उ नसुती बिहान बनायो | अर्को दिनको कुरा हो साँझको लगभग ५ बजेको थियो मैले फेसबुक खोलेको मात्र के थिएँ गोपालको नामका स्ट्याटसले मेरो सबै न्युज फीड भरिभराउ थियो | उता टुईटरतिर पनि हालत त्यस्तै थियो | प्रत्येक सेकेन्डमा उसका स्ट्याटस अपडेट भैरहेका थिए | मैले गन्न त गनिन तर केहि भने अहिले पनि मलाई कन्ठै छन् , म पढ्थे अनि हाँसेको हाँस्यै हुन्थे | उसका केहि स्ट्याटस म हजुर हरुलाई पनि दिन्छु पढाउछु है त |

·         जल्दैछ मन मुटु यहा तिम्रै सम्झनामा , ढल्दैछ जीवन पनि तिम्रै सम्झनामा ,चल्दैछ गुजारा यहाँ तिम्रै सम्झनामा

·         धड्कनमा भेटिन्छौ हरेक सासमा भेटिन्छौ……. लाग्छ यतैकतै आशपासमा भेटिन्छौ…..#मिसिंग यु

·         मुटु जलेर यता खाग भयो , बग्रेल्ति सम्झना राग भयो  ,सम्झेर लेख्दैछु यो खत तिमिलाइ , बिर्सने याद तिलस्मी बाग भयो ।

·         सबै सेन्टी गित मेरै लागि गाए जस्ता छन् !!!

·        पृथ्वी नारायण शाहले किर्तिपुर विजयका लागि के कुरे होला र!  तिम्रो मुटुलाई जित्न मैले त्यसरी कुरेको छु

·         जिन्दगी दुखमा पनि सुखमा पनि चलिरहन्छ  फरक यत्ती हो कुनमा मज्जा कति रहन्छ |

·         या त म मौनतामा रमाउछु..या त म तिम्रो उपस्थितिमा रमाउछु ..बाकि संसारबाट सायद संन्यास लिए  किनकी हरेकपल तिमिमै आफुलाइ गुमाउछु ..।।

·         म मायाको सागरमा चुर्लुम्मै डुबिसकेछु …. सायद सुइमिङ नसिकि हामफालेछु …. अब त तैरिन अबस्थानै रहेन….।।।

·         मेरा ओठ आवाज बिहिन भएका छन्, मेरा आखा दृस्टी बिहिन भएका छन् मेरो पेट भोक बिहिन , मेरो मुटु धड्कन बिहिन , मेरो रगत अक्सिजन बिहिन ,……..

आदि आदि धेरै छन् मैले सम्झेका मात्र हुन् सबै | विभिन्न मानिसका लाईक तथा कमेन्टहरुका ओईरो लागि रहेका थिए | कसैले उसलाई पागल नै भएजस्तो छ भनिरहेका थिए त कसैले हाँसो मजाक बनाई रहेका थिए त कसैले यसो भन्दै थिए “के हो गोपाल ! आज मनमा ठुलै आँधी आए जस्तो छ नि! स्ट्याटसको यो क्रमको खोला नै आइरहेको छ | यति पढिसके पछि हामी सजिलै गेस गर्न सक्छौ कि उसले कस्तो रिप्लाई पायोहोला भनेर | मैले दुईदिन सम्म यस्ता स्ट्याटस अनबहरत रुपमा देखिसकेपछि उसलाई सम्झाउदै उसको टाईमलाईनमा यस्तो लेखे “गोपालको मैले तिम्रा सबै स्टाटसलाई पढिसकेपछि म के निर्णयमा पुगेँ भने तिम्रो यो पहिलो प्रेम हुनु पर्छ। त्यसैले, यही भन्न चाहेँ है ‘मैले देखे-भोगे-बुझे अनुसार संसारको ८0 % भन्दा बढि मानिसहरूले आफ्नो पहिलो प्रेममा असफलता नै पाएका छन् । तिमीले अहिले माया गरेको मान्छेलाई पनि एक पटक राम्ररी सोध, उनको जीवनको पहिलो प्रेम पनि असफल नै हुन सक्छ। राम्ररी बुझ bro, you’ll find so many people around you who couldn’t get their 1st love. I also belong to same category. तर पनि तिनीहरू सबै खुसी नै छन् किनकी तिनीहरूले त्यस पछिका प्रेममा सफलता पाएका छन्। त्यसैले, अब चाहीँ यथार्थबोध गर्दै अनि त्यसलाई स्विकार्दै सम्हालिने बेला भयो है!’ भने अनि उसका बाँकी स्ट्याटस पढीरहे |

तीनदिन बितिसक्यो उसले आफ्ना स्ट्याटस लेख्न छोडेन अनि हामि सबै साथीहरु ‘’अर्पणा, कोपिला , कमल , जीवन, महेश , कपिल, रमेश लगाएत सबै मिलेर उनीहरुको समन्धको बारेमा बुज्ने कोसिस गर्यौ | गोपालले आफ्नो प्रेमपत्र अनि सबै कुरा सुनायो र प्रेमपत्रमा जे लेखे त्यो मैले नै पुरा गर्न सकिन, मन नै थाम्न सकिन भन्यो | उ पागल नै भए जस्तो भएको थियो | उसको त्यो पहिलो प्रेम नै रहेछ | उसले सबै वृत्तान्त सुनायो र उसले पाएको रिप्लाई पनि देखायो |

उसलाई अशोक नामको इमेलबाट यस्तो रिप्लाई आएको रहेछ “म झरनाको प्रेमी हुँ अहिले म अस्ट्रेलियामा बस्दै आईरहेको छु | हामी प्रेममा परेको ३ वर्ष भैईसक्यो हाम्रो प्रेम समन्धको बारेमा हाम्रा घरपरिवारलाई पनि थाहा छ र उहाहरुले हाम्रो प्रेमलाई सहजै रुपमा लिनु भएको छ | ” त्यसपछि गोपालले  लेखेछ “मलाई खुसि लाग्यो झरनाले तपाई जस्तो असल मानिस रोजेकी रहेछिन | तपाईहरुको प्रेम समन्धको बारेमा मलाई केहि गुनासो छैन | म त उनलाई चोखो माया गर्छु चोखो , र मेरो पहिलो भनेपनि अन्तिम भनेपनि उनि नै हुन् र मैले उनलाई कुनै क्षेती नपुर्याई एकतर्फी प्रेम गर्न पाउनु मेरो अधिकार पनि हो |” त्यसपछि अशोकले रिप्लाई गरे “ हो हजुरले एकतर्फी प्रेम गर्न पाउनु हुन्छ तर तपाईलाई राम्रोसँग  थाहा होला कि त्यसले मलाई अनि ईभेन तपाईलाई कति असर गर्छ भनेर |”  त्यसपछि गोपालले उनीलाई सधै खुसि राख्नु भनेर रिप्लाई त गरेछ तर आफ्नो मन नै नियन्त्रण गर्न नसकी फेसबुक टुईटरको सहारा लिएको रहेछ |

श्रीजनाले गोपाललाई धेरै सम्झाई बुझाई गरि उसलाई तिमीले त्यो भन्दा राम्री अनि स्मार्ट केटी भेटाउँछौ छिटै | मान्छेको जीवनमा यस्ता कुरा घटिरहन्छन आदि भन्दै | अनि सँगीतले भनि तिमीलाई अस्विकार गर्नु भनेको त्यो केटीको कमजोरी हो , तिमि स्मार्ट छौ , किन चिन्ता लिन्छौ | त्यस्तै गरि सबैले सम्झाए उसलाई | तर उ पुरै पागल प्रेमी सरि भएको थियो , आफुलाई नियन्त्रण गर्न नै सकिरहेको थिएन | उता झरनाको हालत पनि निकै कमजोर दखिन्थ्यो | उनि रोहिरहेकी थिईन | हामीले सबै वृतान्त सुन्यौ र दुबैलाई सम्झाई बुझाई गरि सकेर निस्कियौ |

गोपालले अब स्ट्याटस लेख्न छोडी सकेको थियो | सबैले उसले सबै कुरा राम्ररी बुझे जस्तो छ भनेर खुसी मनाई रहेका थियौ | एक हप्ता पछिको कुरा हो , हामी साँझको मौसमपारी टुडिँखेलतिर घुम्न निस्किएका थियौ | रमेशको मोबाइलमा फोनको घन्टी बज्यो गोपालको नामबाट | रमेशले कौतुहल हुदै फोन उठायो तर आबाज रमेशको नभएर उसका बाबाको थियो | उहाँले रुदै भन्दै हुनु हुन्थ्यो बाबु हाम्रो गोपाल बर्बाद भयो |

उहाले सबै वृतान्त बताई सकेपछि रमेशले फोनमा भएका सबै कुरा सुनायो र भन्यो गोपाल त पाटनको मानसिक हस्पिटलमा छ रे | हामी हतार हतार गरि हस्पिटलतिर लाग्यौ उसको अवस्था निकै चिन्ता जनकथियो | कोहि केहि बोल्न सकेन | उसका बाबासँग हामीले उसलाई छिटो निको हुन्छ चिन्ता नगर्नुहोस भनेर सम्झाउदै बस्यौ | चार महिना भयो अहिले उ अझै उस्तै छ | हस्पिटलमै छ कसैसँग बोल्दैन | हामी सबै निकै चिन्तित छौ र पशुपतिनाथसँग उसको लागि प्रार्थना गरेर बसेका छौ |

(स्रोत : उज्यालो अन्लाईन )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : नेपाली कथा, पत्र साहित्य | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *