गजल : अरु केहि छैन !

~अभागी कान्छा गाउँले~Abhagi Kancha Gaule

देशमा एउटा राजधानी छ, अरु केहि छैन !
बैश बिसाउने जवानी छ, अरु केहि छैन !! १

बाँदरहरु बसी रहन्छन, सिंह दरबारका
देश बनाउने कुराकानी छ, अरु केहि छैन !! २

खम्बा छ तार टांगिएको छ, बल्छ कैले बत्ती ?
साधन स्रोत मुहानमा पानी छ, अरु केहि छैन !! ३

हरियो बन नेपालको धन, सुने पढे पनि
अंगार छ बाँकी खरानी छ, अरु केहि छैन !! ४

पछी लाग्छन थाहा पाएँ नि, नेताहरु भन्दा
नेपाली जनता बैमानी छ, अरु केहि छैन !! ५

०६/०९/२०१३
तोपगाछी, झापा
हाल: दोहा – कतार

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.