गजल : जुनको रात नखोज

~अनिल बराल ‘गरीब चिराग अछुत’~

म अन्धकारमा छु जुनको रात नखोज
म जस्तोसँग तिमी गुनको बात नखोज |

म आफैँ उजाडिएर बाचेको छु अचेल
मसँग तिमीले मायाको उन्मात नखोज |

म अव सक्दिन तिम्रो सपना पुरा गर्न
म गरिवकोसाथ सुनको खात नखोज |

म ‘अछुत’ सँग नाता जोडेर के पाउछौं
म सँग केही छैन सुनौलो रात नखोज |

म दुखै दुखमा जिएको छु आँशु पिएर
म सँग विवाह गर्ने भा’वरात नखोज |

अनिल बराल ‘गरिब चिराग अछुत’
चरम्बी-५, मिलन बस्ति, भोजपुर
हाल – कतार

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.