कविता : …….उ जस्तै तिमी बन्ने ?

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

तिमी सही भैदिएको भए
हिजोकोलाई गलत भन्थ्यौं
तिमी ईमान्दार भैदिएको भए
हिजोकोलाई बेईमान भन्थ्यौ
तिमीले कानुन नमिचेको भए
उसले कानुन मिच्यो भन्थ्यौ
तिमीले सहि बोलेको भए
उसले झुटो बोल्यो भन्थ्यौं
तिमीले जनताको मान राखेको भए
उसले अपमान ग-यो भन्थ्यौं
तिमीले हतियार नऊठाएको भए
उसले हतियार उठायो भन्थ्यौं
तिमीले जनताको संरक्षण गरेको भए
जनतामारा उसलाई भन्थ्यौं
आखिर सत्ता कै अभिष्ट रहेछ
कसले हत्याउने सत्ता शक्ति
स्वतन्त्र देश सार्वभौम संसद ,सांसद
हामीले ठानेका थियौ
आखिर शक्ति अन्तै रहेछ
संसद मान मर्दन गर्दै
संशोधनको प्रस्ताव सहित रिझाउन दूत छान्ने
डुक्रेको आवाजमा सन्देहको आभाष
आखिर आज साबित भयो
ति सबै अभिनय थियो
यथार्थको धरातलमा
ख्वामित हजुर गल्ति भयो
तपाईकै शरणमा छु
जहाँ बाट गल्ति भयो
त्यहिबाट सच्याउन तयार छु
छुट्टयाउन गाह्रो भयो
हिजो र आजको त्यो रुप
आकासमा देखिन्छ घाम
पक्ष पिच्छे जुन
वर्षा पछि हिउँद आउने
मौसम त यहि हो नि
कहिले जाडो कहिले गर्मि
परिवर्तन भा को छैन
प्रकृतिको चालढाल
परिवर्तन त तिमिमा देख्यौ
मौसम अनुसार रुप फेर्ने
कहिले खनौं सुरुङ् भन्ने
कहिले विन्तिपत्र हाली ठग्ने
तिर्नु प-यो हिजोको मेजमानी
आखिर दिल खोटी रै छ
नेपालीलार्इ झुक्याई हिड्ने
उता तिम्रो प्रशंसाले
कम्पायमान हाम्रो दिल
भन्देउ अब नेपालीलाई
सिक्किमे कि भुटानी बन्ने
विचार विनीमयको राजनीति
तिमी जस्तै ऊ कि ऊ जस्तै तिमी बन्ने

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *