कविता : पस्चाताप

~अतित मुखिया~Atit Mukhiya

विवेक शून्य भएर आकर्षणमा
बाच्नुको अहंकार चपाउदा चपाउदै
विकर्षण भएर अनुभूतीमा
जबजब मृत्युबोध हुन्छ
एउटा विस्मृति स्मृतिमा टांगिन पुग्छ
…तमसोमा ज्वतिर्गमय … ।
निभ्न अगाडी सलेदोको प्रज्वलन जस्तै
आयुको यो उपल्लो सांधमा
हठात टांगिएको यो विस्मृतिसंगै
जिन्दगी आफैलाई ब्यङ्ग बन्छ

आफैलाई आफै उपेक्षा गर्छ
दूर्धटनाग्रस्त चेतना अन्तिमपटक ब्यूझन्छ
तर त्यो चेतनासंग
न त विगतलाई क्षतिपूर्ति भर्ने सामर्थ हुन्छ
न त भविश्यलाई दिने कुनै उपहार नै हुन्छ
केवल पश्चतापमा बित्छ त्यो सतही क्षणपनि
अन्तिमपल्ट याचनाका आखा पल्टाउदै
आयुको पर्दा खस्छ…
…मृत्युर्मा अंमृतं गमयः
अनि खस्छ निराकृत निर्गम पश्चतापको समय ।

Jan 5,2011

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.