कविता : ब्रह्मा बिष्णु महेश

~दीपक कुमार ज्ञवाली~Deepak Kumar Gyawali

ब्रह्मा बिष्णु महेश बिराजमान ।
ठान्छन् नेपाललाई स्वर्गसमान ।
राख्छन् आकांक्षा सदातृप्तताको ।
क्रिडास्थल ठान्छन् नेपाललाई ।

छन् भक्तका मान्यजन तिनीहरु ।
गर्छन् परिक्रमा उद्धारकर्ता ठानी ।
सधै परिक्रमा लगाउादा लगाऊादै ।
थाकेछन् क्यार?अब हिड्न छाडे ।

मै हुुा सर्बमान्य सृष्टि नेपालीका ।
मै हुा अधिपति नेपाली जनताका ।
कसरी बढ्छन्?अगाडी अरु देबता ।
देखाई दिन्छन् रे हबिगत सबैका ।

मैं हुा पालक नेपाल र नेपालीका ।
मेरो चाहनाबिना हुदैनन् समुन्नत ।
कसरी पाऊदारहेछन् त्राण तिनीले ।
अभिष्ट पुरा भएका छैनन् अहिले ।

मै हुां सृष्टिको संहार परिवर्तनकर्ता ।
उच्च अभिलाषा नवचाहना बोकेर ।
भत्काउछु मिल्काउछु ति पर्खालहरु ।
उत्पन्नगर्छु नेपालमा नवसम्राटअरु ।

पृथक बिचार, सोंच अनुहार पृथक ।
तिनका शुत्राधार कथीत बिस्तारवाद ।
सबैलाइ बाहुमा समेटी काखैमाराखी ।
भत्काय दुर्ग एकिकृत नेपाली समाज ।

कहिले को नजीक कहिले को पराई ।
सदियौं देखि गोटी चालेका बडाभाई ।
रछ्यान,पाईखाना,अनी काखैमा राखि ।
गर्छन् स्याहार संहार ललिपप चटाई ।

युद्ध र शान्ति एकै आसनमा बसाई ।
जनताको संप्रभुता कसरी?कायमगराई ।
रमाएका तिनको स्वस्तिवाचन सुनेर ।
आजै या भोली नै पाईन्छ कि ?भनेर ।

लडाई जुगाको को बन्ने बडा देवता ।
सुखद भबिष्य आफु र आफ्नाहरुको ।
सुनिश्चितताको खेल त्रय देवताको ।
बिश्वास रहेन ब्रह्मा बिष्णु महेशको ।

दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *