कविता : सेवु, बारि सुनि

~कोइँचबु काःतिच ‘उत्तम’~Koynichbu Katich 'Uttam'

प्रिय
मेरो प्राण,
तिमी छौ र त, म छु
तिमी हुनुले नै त आज
मभित्र ममा यति अचाक्ली शक्ति बढेको छ ।

तिमी दिइरहने
म लिइरहने
छछल्किएर पोखिना लागेको तिम्रो भर्भराउँदो वैश
विशाल चित्तको तिम्रो संवेदनाशिलतामा बुर्कुशी मारेर
अर्को चमत्कारिक नयाँ सन्सार कपि पेस्ट गर्न खोजीरहेछु,
प्रिय
मेरो प्राण,
तिमी छौ र त, म छु ।

तिमी दिइरहने
म मागीरहने
मग्मगाएर फक्रिना लागेको तिम्रो अरुणोदय लालीमा
झरिलो कालाम थापोको स्वैर–काल्पनिक सपनामा दाग उघारेर
सारा खुशी निचोरेर एक जोर सगुन चढाउँछु,
प्रिय
मेरो प्राण,
तिमी छौ र त, म छु,।

ज्ञानी छौ
बुद्धिमानी छौ
गुणी छौ
उमंग उत्साह र सुन्दर सपना पस्केर झुल्किने
तिमी मेरो हर दिनको “खुशियाली सुनी” हौ
प्रिय
मेरो प्राण,
तिमी छौ र त, म छु,।
………………

काःत, चुप्लु ओखलढुंगा
……………..
शब्दार्थ
सेवु : नमस्कार
बारि सुनि : अति राम्रो, शुभ हर्षोल्लाससहित झुल्किने विहान ।
कालाम थापो : मुक्दुममा उल्लेखित पवित्र पूmल लाली गुराँस
दाग : धेरै समयसम्म जाँडलाई भण्डारण गर्ने परम्परागत प्रविधि । कोइँच संस्कृतिमा सुत्केरीलाई खुवाउनको लागि यसरी घैंटोमा जाँड भण्डारण गर्ने चलन छ ।
सागुन : जुनसुकै शुभकार्य गर्दा एक जोडी भाँडो डबका, बटुको, खोरे, आरिमा जाँडरक्सी चढाउँनु ।

–काःत, चुप्लु (ओखलढुङ्गा)

(स्रोत : Nayasamachar.com )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.