कविता : थाहै भएन

~बिकास सुबेदी~Bikash Subedi

थाहै भएन मलाई कब म सुगा भएछु ?
आफ्नै नाम पनि म भित्तामा लेख्न थालेछु |
आफ्नै मातापिताको पनि नामै भुलेछु ,
थाहै भएन मलाई कब म सुगा भएछु ?

छंगछंग ति किनारका आवाज म सुन्न छाडेछु ,
सितल त्यो ब्रिक्षको छाहारी म भुल्न थालेछु |
रविको न्यानो प्रकासको रंगनै पनि भुलेछु ,
थाहै भएन मलाई कब म सुगा भएछु |

मान्दाकिनिको मोतीको जोति भुल्न थालेछु ,
बलिको पाउको क्षेत्र म भुल्न थालेछु |
मेरो प्यारो बज्रबाराहीनै पनि भुलेछु ,
थाहै भएन मलाई कब म सुगा भएछु |

मस्तिस्कको त्यो मक्कामदिना म भुल्न थालेछु ,
इश्वरको नाम पनि मा भीत्तामा लेख्न थालेछु |
को हु म आफै भनि कन पनि भुलेछु ,
थाहै भएन मलाइ कब म सुगा भएछु |

विकास सुबेदी
बज्रबाराही था.न.पा . १५ मकवानपुर

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.