कविता : शिक्षा

~अस्मिता चौधरी~

अन्धकारको पर्दा खोल्ने उज्यालो हो शिक्षा
विकासको मूल बाटो खनि दिने शिक्षा
रूपान्तरण, परिवर्तन ल्याइ दिने शिक्षा
अन्तरमनमा चेतनाको दियो बाल्ने शिक्षा ।

नयाँ युगको निर्माण गर्ने सम्बाहक हो शिक्षा
मनको दियो जलाइ दिने दियालो हो शिक्षा
पत्थर्को मन पगाल्दिने चेतना हो शिक्षा
अन्धकारको विनाश गर्ने झुल्के घाम हो शिक्षा ।

खराब हैन असल बाटो देखाइ दिने शिक्षा
हातै समाइ डोर्याइ दिने गुरु नै हो शिक्षा
विकासको बिगुल फुक्ने चेतना हो शिक्षा
मनको दियो जलाइ छोड्ने तपस्वी हो शिक्षा ।

सूर्य जस्तै चम्कि रहने नक्षत्र हो शिक्षा
नयाँ युगलाई चिनाउने आधार हो शिक्षा
आँखा नदेख्नेलाई बाटो देखाउने शिक्षा
बाटो बिराउनेलाई ठाउँमा पुर्याइ दिने शिक्षा ।

शिक्षा नपाई अन्धकारमा कोही बस्नु हुन्न
मूर्ख बनी कुलतमा कोही फस्नु हुन्न
स्कुल र कलेजमा गई पढ्नु पर्छ
शिक्षाको यै उज्यालोमा हामी बढ्नु पर्छ ।

कक्षा १२, विज्ञान सङ्काय, एम ४, पेन्टागन इ. कलेज

(स्रोत : शब्द-संयोजन असोज २०६८ अङ्क ८९ )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.