कविता : म किनार 

~दीपा लिम्बु राई~

गोधुली साँझ…
चराहरुको बटालियन

गुडतिर फर्किरहेछन् ।

तर
अझै पनि
म किनार
तिमीलाई नै पर्खि रहेछु

धमिलो आकाश
बादलहरुको घुईचो
उत्तर आधुनिकताको गरुङ्गो बर्गन बोकेर
सीमाहीन

उर्लिन्दै आईरहेको छालहरु
तिमीलाई खोजि रहेछु

युगौ यूग देखि
म किनार
तिमी हिडेको गोरेटोहरुमा
जीवनको रेखाहरु कोरिरहेछु
भविश्यका धर्साहरु कोरिरहेछु

– ब्रुनाई
२० अक्टोबर २०१०

(स्रोत :Nayasamachar.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.