गजल : पहेंला चुराहरु

~रश्मिला कवाङ~Rasmila Kawan

हातैभरि हरिया र पहेंला चुराहरु
साउनको महिना यो मेहेंदीका कुराहरू ।

जलबिनाको वर्त बस्छन् हिन्दु नारीहरू
बदलामा पाउने गर्छन् तीता छुराहरु ।

तीज भन्छन्, पूजा गर्छन्, नाच्दै र गाउँदै
खै कुन्नि कस्ता भए जीवनका कुनाहरु

महादेवका भक्तहरु कति कति उत्रिए
वरदान पाउन सबथोक गर्छन् यी सूराहरु

भोकै बस्छन् आस्थामा निरन्तर निरन्तर
विश्वास गर्छन् आजका अन्धभक्त भुराहरु ।

मुलढोका-४, भक्तपुर

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.