कथा : असार १७ गते नबिनाको विहे

~सुमन बगाले~ Suman Bagale

परदेशमै भएपनि मैले आफनो गाउघर, आफनो मातृभुमी र परिवारलाइ चट्क्कै माया मार्न भने सकेको छैन। आफनै देशमा दश नङग्रा ख्याएर स्वभिमानी नेपाली बन्छु भन्दापनि अल्लाघरे पल्लाघरे साइला माइलाले डलर दिराम साउदी रियलको धनले टिनको छानो हालेर घरमा सोलार जोडदा मेरा परिवारलाइपनि डाहा लागेछ कि कसो हो धनविरे दलाललाइ भनेर खाडी मुलुक धपाइदिए। मन नमान्दा नमान्दैपनि साथीसँगी पानी पधेरो सदाबाहार हरियाली शितल हावा बहलाउने वन जँगल र गँगासरी बग्ने मर्स्याङदीलाइ चटक्क माया मारेर म लागे परदेशतिर।

हिजोआज म खाडीको मरुभुमीमा लम्पसारिएको छु। पचास साठी डिग्री घामको रापले डढेर कालो फुस्रो भएको छु। अनुहारहरु सबै फुटेका छन्। पलास्टिक बोतलको पानीले तिर्खा मेटाएपनि आत भरिएको छैन। तातो बालुवामा रवरको बुटसँगै चाल चाल्दा पैतला छिया छिया भएको छ। सिमेन्टीका बोराले हात थिचेर अहिले राम्रोसँग चलाउनपनि भएको छैन सोझो हिसावले भन्नुपर्दा म अपाङग भएको छु। आजभोली औला अली राम्रोसग्ाँ चल्न थालेका छन्। हातका ठेलाहरु हल्लाभएपनि मरिसकेकाछन्। पहिले पहिले त हातमा मुठी मार्नपनि औलाहरु ब्ाउडिन्थेँ। दिन गन्नपनि दुइहातको साहारा लिनु पर्थ्यो। महिना मर्यो कस्ले छिटो र धेरै दाम पठाउने होडबाजीले गर्दा मन लागेको खान र लाउनपनि मन मरिसकेछ। कुनै महिना अतिरिक्त समय काम गर्न नपाएको बेलामा अवश्य नै घरमा थोरै पैसा जान्छ। थोरै पैसा घरमा पुग्यो भने दाजु भाउजु र आमाको घरमा कलह मचिन्छ नानाधरी कुरा सुनेका मेरा परिवार रण्डीबाजी गरेर पैसा सकाइस भन्ने आरोप मलाइ नै लगाउछन्। दाजु बाउ नभएपनि बाउको कुनै कमी हुन दिइन अहिले कमाउने भएपछि पैसा लुकाउन थाल्यो भन्छन् भने भाउजु कि छुटिएर बस्नलाइ हो भनि मलाइ नै प्रश्न सोध्न थाल्छीन्

मलाइ नपुग्दो केहि थिएन। दाइ भाउजु छुटिएपनि हजुरबाबाले जोडनु भएको थोरै भएपनि मोतीसरी धानका बाला झुलाइ मानामुरी फलाउने गैह्ी खेत मेरै हो, कुडुलेमा तोरी बहलाउने लामा गरा मेरै थियो। आफनो पाखुरा बजारेर दुइ छाक टार्न पुग्ने नै थियो। किन चाहियो टिनको छानो रानीबनको खरवारी मेरै थियो। किन चाहियो सोलार मेरै तारी भैसी र फुर्के काले हल गोरुका गोवरबाट मेरै घर उज्यालो थियो। सलसल सुसाउदै बग्ने दरौदी र मर्स्याङदी मेरै हिम श्रृखलाका थिए। आपत विपत दुःख अडचन्पर्दा देवी मनकामना कालीका माइ छिक्केश्वरीलाइ सुनाउथेँ उनीकै श्रद्धाभक्ति यो जिवन अर्पेको थिएँ। वन पखेरामा मेरै गाइ भैसी चर्थे, वन्यजन्तु, डाफे मुनाल कोइली चरी नाच्दै,डुल्दै रमाउथे। सँक्रन्ती र एकादशीमा लाग्ने मेलामा खैचडी र मादलुको तालमा मेरै स्वर शोरठी र मारुनी भाकामा धन्कीन्थे। इष्टमित्र नातागोता सबै मेरै थिए।

हेर त असारपनि सकिन लागेको छ पोहोर साल मुखीया बा भन्दै हुनुहुन्थ्यो बलरामले मेलो सजिलो बनाइदिएर रोपारहरुले छिटै मेलो सकाए, अब आउने असारमापनि मेरो मेलो जसरी भएपनि आउनु पर्छ है। विचैमा कुरा काटथ्यो मोतीले , नबिना मेलामा आएपछि त यसको भाउ नै बेग्लै हुन्छ सबै गलल्ल हास्थेँ। मेरो अनुहार रातोपिरो देखिन्थ्यो। पहेलो पटुकी कम्मरमा बाधि दुइ चुल्ठी बाडेकी पुतली हातका चुरी छिनछिन बजाउदै विउ रोपेर कोइलीको भाकामा असारे गित गाइदिदा सबै हलीहरु गोरु छोडेर हिलो छेप्ने निहुँपारी उतै तिर आर्कषित हुन्थो मलाइ भने डाह चल्थ्यो। ३० डिग्रीको घाम यो ज्यानमाथि पर्दापनि घाम भयो बलाराम भन्दै छाहारीमा बस्न बोलाउथी। म नजिकै गएर उनीले छानेका गहुँको जाडले प्यान्टेभुडी टुनुक्क पार्थेँ। पड्केमुलको पानीले धित मरुन्जेल तिर्खा मेट्थ्यँ। पछाडीबाट कुलोको पानीले झसङगै हुने गरी छ्याप्दा मुर्छा परेर हास्दथी मेरी काली नविना। म अझै घुर्की लगाउदै हुन्थाँ। रिसाएको भनि उल्टै मलाइ नै फकाउथी। कस्तो निश्चल माया थियो।

डलरको दर भाउ हेरेर अस्ती पैसा पठाइ हिजो घरमा फोन गरेँ। असारपनि सकिन लागीसकेको छ। यसपाली पानी समयमा नर्पनाले आजभोली काम गर्ने मान्छेको भाउ बढेर छोइ नसक्नु छ। मेलोको चटारो छ। किन ढिलो पैसा पठाएको भन्दै प्रश्न गर्न थाल्छन्। नम्बर सम्बर दिएर फोन राख्ने तरखरमा थिएँ। एक छिन पख खुशीको खबर छ सुन्न चाहान्छस् भने। यो दुखेको शशीर उस्तै उसैमाथी मानसिक पिडाले भरिएको मेरो मनलाइ खुशीको खबर सुन्छस् भनेपनि कहा पछि हटथ्याँ र। उत्कुष्टताका साथ कान ठाडो बनाएँ। त्यो खानीखोलाको गोरे कङगालको छोरी नविना तसँग मायाप्रिती छ भन्थे नि गाउले ले। त्यसको यहि १७ गते विवाह हुदैछ। पल्ला गाउको मस्टरको छोरा विनोदसँग। खुव तैले मलाइ माया गर्छे नविनाले, मसँग बिबाह भएन भनि अन्तै कतै विबाह गर्दिन भनेकी छे भन्थिस् नि लोप्पा ख्वाइदिइ तलाई। ठिक्क भयो हामीलाइ घँाडो भएको थियो। पिर नगर आजभोली खै किन हो धेरै दुव्ली नराम्री भएकी छे तलाइ नविना सुहाउदैनथिइ पनि। अब त पैसा कमाएको छस् नि अलि धनीबाउकी एक्ली छोरीसँग विहे गर्नुपर्छ। बरु एक दुइ फोटा पठाए यता त आउदा सम्म केटिको बन्दोबस्त गर्नुपर्छ त्यस्तो कँङगालको छोरीसँग विहे गर्नु हुदैन भनि फोन राखिदिएँ।

मन गरुङगो भयो। खासै कुनै त्यस्तो प्रतिक्रिया जनाउन मन लागेन। किन कि यो हुनु नै थियो। रोक्नपनि सकिन। म आफु नर्गिय जिवन विताइरहेको बेलामा नविनालाइपनि मैले आफनो दुखमा मिलाएर उसको जिवनपनि कष्टकर बनाउन चाहिन। गएको महिनामा नै माग्न आएको थियो विनोद नविनाले गत महिनाको चिठीमा लेखेकी थिइन्। विनोदको उच्च खानदान राम्रा पारिवारिक वातवरण देखेर नै मैले नविनालाइ हात बढाए हुन्छ भनि चिठी पठाइसकेको थिएँ। विनोदको घर एक स्वर्ग हो भने मेरो घर नर्ग भन्दा कम छैन। हुन त म लाक्षी नमर्दा, पुरुषको नाममा कलङकको पात्र बनेको छु अहिले आएर। किनकी मलाइ मेरै परिवारले घोडा बनाएको छ र समाजले मलाइ अपाङग बनाएको छ। यति कुरा थाहा हुदा हुदैपनि म हारिरहेको छु। यदि मेरो बाबा भइदिएको भए मैले यो सहन पर्ने थिएन कि? यो मेरो मन बुझाउने बाटो बनेको छ। लाग्छ बाबालाइ मेरो यो गति हेर्न नपरोस भनेर नै यमदुतले चाडै नै बोलाएका होलान्।

म त नविनाको विहे प्रति एकदम खुशी छु। नविनालाइ विश्वास लाग्दैन होला, विश्वासपनि कसरी लागेास मुटुको टुक्रा चुडिदा तैपनि के नविनाको खुशी मेरो खुशी होइन र? विनोद नविनाको उज्वल भविश्य हो म त उनीलाइ माया गर्ने एक दुखी मात्र हुँ जो मरेरपनि बाचेको छ र बाचेरपनि मरे सरह छ। अब उनका हातले दाउरा घास गर्नु पर्दैन। कुनै मेलापात गएर जिविकोटार्नु पर्दैन। न त पिढुँमा भारी न थाप्लोमा नै लाम्लो पर्नेछ। विदेशमा श्रीमान् छ कसो होला के होला भन्ने पिर हुनेछैन। मर्स्टनीको बुहारी विनोद जस्तो महामानवको श्रीमति भएर महलमा जिन्दगी विताउनेछिन्। मसँग आएर के पाउथिन् र। मात्र मेरा पलासको फुल जस्तो माया। जसको नाम मात्र फुलको छ न कुनै रुप र सुग्ान्ध नै छ। मेरो माया नविनालाइ त्यस्तै हो। सबै थोक माया मात्र होइन। जसरी हागाँ विगँा विना रुखको शोभा हुदैन त्यसरी नै आधारभुत परिपुर्तिविना मायाको पनि शोभा अनि अश्त्तित्व हुदैन। चुलिदै गएको उनीको वैशलाइ कुठराघात गरि रोक्न सकिन र पिडादायी खुशी दिन चाहिन। नविना प्रति कुनै गुनासो हुने छैन र नविनाले मेरो चिन्ता गर्नुपर्दैन यसमा नविनाको कुनै गल्ती छैन। गल्ती न नविनाको थियो न त मेरैपनि सारा गल्ती त मेरो भाग्यले र मेरो सोझोपनले गरिरहेको छ ।अरुलाइ दोश दिएर म चोखो बन्नपनि सक्दिन। गर्मीले अस्ती भर्खरै पाल्पाको साथी ह्दयघात भएर सुतेको ठाउबाट उठदै नउठि यमलोक पुग्यो।

आफन्त र साथी भाइको सहयोगमा उसको मृत शरिर पाच महिनामा बल्लतल्ल मातृभुमीमा पुग्यो। खै अब मपनि धेरै बाच्दिन होला। छाति पोलीरहन्छ खोक्दापनि रगत आउछ। खाना मिठो हुदैन। शशिर सुकेर विसैली भइसकेको छ। मात्र नविनाको पिर थियो उनीकोपनि राम्रो घरबार हुने भएपछि मलाइ सब थोक बाट सन्तुष्टि मिलेको छ। मलाइ अब जिन्दगीको कुनै मोह छैन। माया मारेर या माया घटाउन यो भनेको जस्तो लाग्छ होला नविनालाइ तर यो यर्थात हो जुन मैले यहा भोगीरहेको छु। म अब नविनालाइ कुरा लुकाउन सक्दिन। यो जुनीलाइ यस्तै भयो अर्को जुनी जन्मजात नविनाको सौभाग्य हुन पाउँ , अहिलेका सारा अधुरा व्याथा कथाहरु अर्को जुनीलाइ साक्षी राख्दै दुइ पन्छी बनेर जस्तो सुकै बाधा अडचन आएपनि सँगै जिउन पाउँ। अलविदा नबिना तिम्रो सुखद दम्पत्यको मँगलमय शुभकामना। सदा खुशी रहनु। तिम्रो सिउदो सजाएको सुन्न पाउँ। म अब जिउदो फर्कनछु कि फर्कन त्यो चिन्ताको विषय भएन्। यदि कतै यतैबाट यमलोक पुगेँ भने म क्षितिजबाट तिमीलाइ चिहाइरहनेछु । लाजले घुम्टो नछोपे ल।

आज असार १७ गते मतलब नविनाको विहेको दिन। काममा जानपनि मन मरेर आयो। कुनै वाहानामा विदा लिएर बसेँ। मनमा अनेकौ तरँङहरु आउन थाले। झुपडी घर भएपनि नाना धरीका रँगीचँगी कागजका टुक्रा र बेलुनहरुले सिगारिएका होलान्। दौलो अगाडी आगनीमा केराको थम्बाको जग्या बनेको होला भने तगारोमा विवाहका तुल टागिएका होलान । पण्डित नविनालाइ आफनो कर्मकाण्ड गराउदै होलान्। पाहुनाहरुको ओइरो होला भोज भतेरको सुरु भयो होला माथिल्लो साविसको भवनमा। सबै गाउमा मानीसहरु हातमा उपहार लिइ नया पोशाकमा सजिएर नविनाकै घरमा धाउदै होलान आर्शिवाद दिनको लागी। कस्ती भइ होली हात भरी राता चुरा, हल्केला भरि मेहन्दी, राता सारी रातै चोलो रातो घुम्टोले शिर ढाकेकी होली। परि जस्ती भएर सिँगारिएकी होली। छ नि एउटी नक्कली प्रेमा मेकअप गर्न त गाउभरिका दुलही सिँगार्न अगाडी सर्छे। कसैले नजानेको व्युटिसियन तालिम दिएकी रे। हुन पनि प्रेमाको हातमा जादु नै छ कि के हो सबै दुलहीहरुलाइ हेरी रौ जस्ती बनाइदिन्छे। आज विहानै वाडुल्की लागेको थियो कतै मलाइ त सम्भि्कएकी त थिइन होला र। काकाकी छोरी मेरो बहिनी राधिकालाइपनि कति नरमाइलो लागेकेा होला भाउजु बनाउने कति चाहानाले दिनरात केहि नभनी कन चिठीपत्र आदानप्रदान गर्न भ्याउथी। मैले पठाएको पैसा निकाली होली कि आइएमीबाट। घरमा थाहा नदिनु भनेको थिएँ, कतै घरमा त थाहा पाए भने मलाइ बसीखानु हुदैन।

हे भगवान बहिनीलाइ खुसुक्क पैसा पठाएको थाहा नदिनु ल मेरो परिवारलाइ। के दिन्छे होली मलाइ नै सोधेकी थि मलाइ त त्यति थाहा नै छैन विवाहमा के दिन्छन् भनेर। मैले जे तिमीलाइ इच्छा लाग्छ त्यहि दिनु भनेको थियाँ। मेरी बहिनीपनि कति अभागी रहिछे। मेरो कारणले विचरीलेपनि मन दुखाउनु पर्यो। पिर नगर राधिका तिमीपनि कुनैदिन पराइको घर गइहाल्छौ। राधिकालाइ सम्झाउने कोशीश गर्छु म। नैामति बाजा बजाएर डोलीमा चढेर विनोद हरिया दुवोको मालामा दौरासुरवार ढाकाको टोपी कालो छाता ओढेर सुपारी टोक्दै होला। अबको केहि समयमा नै स्वयमबरको माला नविनाले विनोदको काधमा लगाइदेली र विनोदलेपनि औठि लगाइदेला। त्यसपछि त पण्डितको निर्देशनमा जग्याको काम सुरु होला। नविनाको बाबा मुडुले टाउको लिएर न्याउरो मानेका होलान्। भित्री मनले विनोदको जस्तो परिवारमा छोरी दिन पाउदा खुशी नै भएपनि घरकी लक्ष्मी जस्ती छोरी पराइको हातमा दिदा त रमाइलो कुन अभिभावकलाइ लाग्ला र।

अ हो नैा पो बजिसकेछ यसको मतलब नेपालमा ११ बजिसकेछ। अब त नविनाको घरमा पुगीसक्यो होला जन्ती। जग्याको काम सकाएर भोज भतेर तिर पो लागे कि। मलाइ भने आज खान बनाउन मन पटक्कै छैन। हुन त खानपनि के को लागी खाने हो र जस्तो लागी सक्यो। खाना बनाउन सुरु गर्छु भन्छु ज्यान गरुङगो भएर आउछ फेरी ओछ्यान मै ढल्छु र विगतका केहि क्षणहरु मेरो मानसपटलमा झकिल्न थाल्छन्। पिर नर्गनु न बलराम तपाइ र म मिलेपछि त मेरो बाबा आमा समाजले त के भगवान आएपनि पनि हाम्रो बाटो रोक्न सक्दैन। म मात्र तपाइकी हुँ। मैले कहिल्यै तपाइ विनको जिन्दगी सोच्नपनि सकेकी छैन। मेरो विश्वास लाग्दैन र तपाइलाइ। त्यस्तो लाग्छ भने मलाइ अहिले नै यहि औला काटेर सिउदो सजाइदिनु। म नर्मिलालाइ अँगालेामा बेरेर म तिमीलाइ भित्राउनु पूर्व नै मरे भने के हुन्छ नि तिमीले सोचेकी छौ? नाइ यो अशुभ नबोल्नु भन्दै काखीमा घोप्टो परेर रुएकी थिइन। म झस्कीन्छु मेरो काखी खाली अहिले निर्जीव तकिया मलाइ हेर्दै जिस्काएजस्तो लाग्छ। मेरा आशु टलपलाउन थाले। विगतका क्षणले मलाइ कमजोरी बनाएर फेरी नविनाको खुशीको दिनमापनि आशु झार्ने बनायो।

शुभकार्य नविनाको भइरहेको बेलामा छाक छोडन त भएन भनि मैलेपनि दुइचार गास टिप्ने विचार गरेर भात बसाले र तरकारी काट्दै थिएँ मन मेरो एकदम एकोहोरीएको थियो दालको सिठीले गर्दा चकुले हातका औला सेरिन पुगेछ। रगतको थोपाहरु चुहिन थाले। दुइ बजिसकेको रहेछ। माथी राखेको देवताको फोटोसँगैको घण्टी झरेर थालमा झर्यो मलाइ लाग्यो विनोदले नविनााको सिउदो भरिदियो। मन मडारिएर आयो। अब नविना मेरो हुने भन्ने एक अँशपनि बाकी रहेन। आफैले सम्माहान्न कोशीश गरेँ तर पापी मन कहा मान्दोरहेछ र। झन बढि अतालिन थाल्यो। बाच्नुको कुनै सार भएन जस्तो लागेर आयो। यो चरित्रले यस्तो देखायो कि त्यति बेलासम्मपनि म मा झनो आश रहेछ कतै नविनालाइ आफनो बनाउने मेरो चाहाना पुरा हुन्छ कि त। मेरो हातबाट रगत बगीरहयो रोक्न मन लागेन बग्न दिए जति बग्न सकोस भनेर।

कन्यादान सिउदो सजिएपछि त झन राम्री भइ होली काली। गलामा मँगलसुत्र, सिउदोभरि राताम्मै सिन्दुर रातै पहिरन, निधारभरि टिको। विदाइ पो गरिसकेकि त। ल बेला भइसकेको रहेछ। अभिभावकलाइ हतार भएको होला घरमा पुराउन। घरमा गएरपनि शाशुसँग मानापाथी इस्टमित्रलाइ मुहार देखाउने काम गर्नुपर्ने होला भने विनोद सुहागरातको कल्पनामा डुवेको होला नकचरो। मेरो तरकारीले तितो डढेको गन्धले फेरी मलाइ झस्कायो हत्त न पत्त पानी खनाइदिएँ। तर सबै डढीसकेकाले खान लाएकको देखिन मैले। दाल सँगै भएपनि दुइचार गास टिप्न थालेछु। खै त्यति खान मन भएन र साथीलाइ राखिदिएँ। बेलुकी उसले तरकारी बनाउला र खाला जस्तो लाग्यो।

विगतका दिनहरु एकाएक गरेर मेरा यि मानसपटलमा फेरि थचल्कीन थाल्यो , तिम्रो आखा किन रातो भएको? म सोध्छु। तिम्रो कल्पनामा डुव्दा डुव्दा निद्रै परेन राती , तिमीलाइ थाहा छ बलराम राती निद्रा पुगेनभनि मेरो आखा भोलीपल्ट यसरी नै रातो भइराख्छ। त्यसैले मलाइ पिर नदेउ ल फेरी मेरो आखा अन्धो भयो भने तिमीले जिवनभर डोराएर हिडनु पर्ला नि। मेरो केश चलाउदै बेाली। मैले हल्का उसको मुख छापे र ओठले आखालाइ चुमेर ल अब आखालाइ केहि हुदैन भनि उनीको मनमा सान्तोना दिएँ। मलाइ कता कता डर लागीरहेको छ कतै विनोदले फेरी नविनालाइ राती सार्है नै दुःख दिन्छ कि फेरी उसको आखा रातो भयो भनि बिचरीलाइ दिनभरी विझाउछ। विनोद राती अबेर सम्म दुःख नदेउ ल। मेरा हातबाट फेरी खुन बग्न सुरु गरेछन् साथी आएर र पो मलम लागएर रगत थमाइदियो। रात निकै छिप्पीसकेको रहेछ। सुत आजको पैसा काटिहाल्यो अब कसरी धेरैपैसा पठाउछस् घरमा भन्दै थियो साथीले। मेरा आखा लागीसकेका थिए।

समाप्त

आँबु खैरेनी
तनहुँ।

(स्रोत : Sapanasansar)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *