भावना परिस्किृत सुनुवारका सात हाइकुहरु

~भावना परिस्किृत सुनुवार~Bhawana Parishkrit Sunuwar

आफ्नै धर्तीमा
रायोको डकुसँग
मिठो छ गाँस !

स्वाद बिहिन
बरगर र पिज्जा
अमिलो मन !

सुन न रात
रुँदै छु म नि एक्लै
विरह पोखी !

तरंग जागी
मन उड्यो स्फुर्त
उमंग भर्दै !

तिम्रो नयन
गहिरो सम्मोहन
डुबेर मौन !

धागोको रेशा हो
जोडिएको सम्बन्ध
अल्झिन सक्छ !

दिन खुम्चियो
तन्किँदै गयो रात
शिशिर याम !

(स्रोत : सत्यतथ्य मासिक)

This entry was posted in हाइकु and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.