कविता : चरित्रचर्चा

~अतित मुखिया~Atit Mukhiya

“बडाले जे गर्‍यो काम, हुन्छ त्यो सर्वसम्मत”।
गुरु सिकाउनु हुन्थ्यो मलाई नितीश्लोक
कतै श्रुतिका कुरा
कतै स्मृतिका कुरा
कतै पुराणका कुरा
कतै कुराणका कुरा
अनि भन्नेगर्नु हुन्थ्यो
बलियाका जे पनि हतियार
लाठो होस वा अरुनै केही,
जे ठान…।

शक्तिकै मात्र भक्ति हुन्छ
सही होस वा गलात,
जे मान…।
पुराणकै कुरा गरौं,
एउटै कर्मका दुई कर्ता
जालन्धर,
नक्कली सही सक्कली गलत
वाली डण्डित व्यास सम्मानित
कृष्णका रासलीला सबै उचित
बहुपती भोगका आदि,
कुन्ती, द्रौपदी दुबै सती
अपहरण हुनु सीताको अयोग्यता
इन्द्रका अत्याचार सबै क्षम्य
“नरो वा कुञ्जरो वा अश्वत्थामा हतोहतः”
धर्मपरायणार्थ धर्मराजको सत्यवाणी ।

यसरी,
यथार्थ कतै मोडिनेगर्छ
कुकर्म सुकर्ममा जोडिनेगर्छ
परंपरा नया हुन
पुरानो सधैं तोडिनेगर्छ ।
तोडिनु
मोडिनु

जोडिनु
कालचक्रको एउटा कोल
जहा सत्य पेलिदा कुण्ठा चुहुन्छ
फलामको वैरी फलामै निस्कन्छ
यदि यसो नहुदो हो त,
भृगुपुत्र कदापी दैत्यचार्य बन्दैनन थिए
ऋषीकुलमा रावण जन्मदैन थिए ।

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.